Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले समेत तपाईंको प्रशंसा गर्नेछन्। मिष्ठान्न भोजन मिल्नेछ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

भाद्र ३१, २०८३ बुधवार

पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साताको मध्यमा मनमा सोचेको कार्य पूरा हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साताको अन्तिममा सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ।

भाद्र २१, २०८३ आइतवार

भेटघाट बढ्ने महिना छ। नयाँ चिनजान काम लाग्न सक्छ। साझेदारीको काममा राम्रो परिणाम देखिन्छ। व्यापारमा ग्राहक बढ्ने योग छ। बैंकसम्बन्धी काम सहज बन्नेछ। घरको वातावरण रमाइलो रहनेछ। खर्चसँगै बचतमा पनि ध्यान दिनुहोस्। कार्यक्षेत्रमा महिनाको उतरार्धमा जिम्मेवारी थपिन सक्छ। शेयर बजारमा धैर्य गर्नु राम्रो हुनेछ। मनको कुरा सही व्यक्तिसँग मात्र गर्नुहोस्। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ। विद्यार्थीले नयाँ लक्ष्य बनाउन सक्छन्। सानो यात्राले फाइदा दिनेछ। सरकारी कामले गति लिनेछ। स्वास्थ्यमा थकान हुनसक्छ। आराममा पनि ध्यान दिनुहोस्। सामाजिक काममा सक्रियता बढ्नेछ। पुरानो विवाद टुङ्गिने संकेत छ। महिनाको अन्त्यमा खुसी दिने समाचार सुन्न पाइनेछ। यो महिना महालक्ष्मीको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

तुला राशि हुनेहरूको लागि यो वर्ष शुभ फलदायी रहनेछ। बृहस्पति वा शनिको अनुकूल प्रभावले अधुरा कार्य पूरा हुनेछन्। आर्थिक दृष्टिले यो वर्ष लाभपूर्ण रहनेछ। एकादश स्थानको केतुले आकस्मिक धनलाभ दिनेछ। गुरुको अनुकूलताको प्रभावले सबै कार्य पूरा हुनेछन्। सन्तान लाभको शुभ योग बनिरहेको छ। भूमि र भवन पनि जोड्न सक्नुहुनेछ। वैशाख : लामो यात्रा र खर्चमा वृद्धि जेठ : स्वास्थ्यमा समस्या असार : मानसम्मानमा हानि साउन : सुख र धनवृद्धि भदौ : गुमाएको धन हात लाग्ने असोज : खर्चमा वृद्धि कार्तिक : स्थान परिवर्तन मङ्सिर : स्वास्थ्य सम्बन्धित समस्या पुस : धनलाभ माघ : मान सम्मानमा कमी फागुन : आर्थिक संकट र ऋण चैत : शत्रुनाश कार्यक्षेत्र नयाँ उद्योग वा व्यापार सुरु गर्ने समय रहेको छ। आर्थिक समस्याहरू सुल्झिने छन्। सरकारी नोकरीमा सरुवा बडुवा हुने योग छ। वैदेशिक शिक्षाको कारोबारबाट लाभ प्राप्त गर्न सकिनेछ। शेयर बाजार पनि हजुरको लागि अनुकूल रहनेछ। प्रेम सम्बन्ध परिवारमा माङ्गलिक कार्यको शुभारम्भले सम्बन्धमा मजबुती आउनेछ। युवाहरूले प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। शिक्षा शिक्षाको दृष्टिले यो वर्ष सामान्य रहनेछ। विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो परिणाम नमिल्ला। शोध वा इन्जिनियरिङ क्षेत्रको पढाइ सफल रहनेछ। पत्रकारिता क्षेत्र मा पनि राम्रो सफलता मिल्नेछ। मनमा चन्चलता बढ्नेछ। लेखन वा कला साथै साहित्यको क्षेत्रमा निखार आउनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो वर्ष अनुकूल रहनेछ। रक्त सञ्चार वा आँखा दुख्ने समस्याले सताउन सक्छ। पारिवारिक स्वास्थ्य वा औषधि उपचारमा धन खर्च हुनेछ। स्वास्थ्यप्रति उचित परामर्श लिएर अगाडि बढ्नुहोस्। शुभ रंग सेतो, आकाशे, हरियो र कालो शुभ अंक ६ ,८ र ४ शुभ बार बुधबार, शुकबार र शनिबार शुभ महिना साउन भदौं र पुष उपाय भगवान विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न सक्नुहुनेछ। अशक्तहरूको सेवा गर्नुहोस्।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij