२०८३ भाद्र ३१ गते बुधवार
दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी हुने दिन छ। सोचेकाे काम बन्दा मन शान्त बन्छ ।
भाद्र ३१, २०८३ बुधवार
जग्गा जमिनबाट सोचेजस्तो लाभ आर्जन गर्न नसकिएला। साताको मध्यमा शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। प्रेमीबाट बिशेष उपहार प्राप्त होला। साताको अन्तिममा समयको सदुपयोग गर्नुहोस। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ।
भाद्र २१, २०८३ आइतवार
यो महिना नयाँ सोचले राम्रो परिणाम दिनेछ। रोकिएका कामले गति लिन थाल्नेछन्। मनमा उत्साह बढ्नेछ। बोल्ने शैलीले धेरै काम सहज बन्न सक्छ। नयाँ चिनजान भविष्यमा उपयोगी साबित हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। जिम्मेवारी बढे पनि आत्मविश्वास कायम रहनेछ। व्यापारमा नयाँ योजना अघि बढाउने समय रहेको छ। आम्दानीमा सामान्य सुधार देखिन थाल्नेछ। खर्च गर्दा प्राथमिकता छुट्याउनु बुद्धिमानी हुनेछ। विद्यार्थीले अध्ययनमा अपेक्षित उपलब्धि हासिल गर्न सक्छन्। प्रतिस्पर्धात्मक परीक्षामा मेहनतको फल मिल्ने प्रबल सम्भावना छ। परिवारबाट राम्रो साथ र हौसला प्राप्त हुनेछ। दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। प्रेम सम्बन्धमा आफ्नो कुरा खुलेर राख्दा दूरी हट्नेछ। दाम्पत्य जीवनमा सानो यात्राको योग बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ तर अनियमित दिनचर्याबाट टाढा रहनु राम्रो हुनेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। महिनाको अन्त्यतिर खोज अनुसन्धानको अवसर प्राप्त हुनेछ। आफ्नो निर्णयमा विश्वास राख्नुहोस् परिणाम तपाईंको पक्षमा रहनेछ। सदैव भगवान् गणेशको आराधना शुभ रहनेछ। यो महिनाको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।
भाद्र १, २०८३ सोमवार
मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ। अध्ययन अध्यापनको कार्यमा विशेष सफलताका योग छन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्त भइनेछ। सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले दुर्व्यसनमा फसाउन सक्ला सावधान रहनुहोला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। वैशाख : स्वास्थ्यमा समस्या जेठ : अज्ञात भय असार : आत्मविश्वासमा कमी साउन : श्रीप्राप्ति भदौ : रोग वा भय असोज : शत्रुनास कार्तिक : कार्यक्षेत्रमा संघर्ष मङ्सिर : यात्रा पुस : रोग माघ : धर्म प्राप्ति फागुन : कार्यसद्धि चैत : अप्रत्यासित धनलाभ कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहेको छ। पशुपालन वा कृषि क्षेत्रबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै यो वर्ष कमाएको जोगाउन नसक्नुहोला। प्रेम सम्बन्ध सम्बन्धको दृष्टिले यो वर्ष हजुरको लागि सामान्य रहेको छ। आफन्तहरूसँग वैरभाव बढ्नेछ। व्यवहार कुशलतामा संयम राख्ने प्रयास गर्नुहोला। दाम्पत्य जीवन मधुर रहनेछ। सन्तानसँग राम्रो तालमेल बन्नेछ। स्वास्थ्य मिथुन राशि हुनेहरू कुनै दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। स्वास्थ्य सबल रहेको छ। नसा च्यापिने समस्या वा कुनै रगत सम्बन्धी समस्या रहेको छ भने सावधान रहनुपर्ने अवस्था रहेको देखिन्छ। शिक्षा यदि तपाईं कुनै सरकारी क्षेत्रमा परीक्षाको लागि प्रयासरत हुनुहुन्छ भने सफलताका योग रहेका छन्। आइटी विद्यार्थीहरूको लागि र विशेष गरी इन्जिनियरिङ क्षेत्रमा हुनुहुन्छ भने लाभप्रद स्थिति निर्माण हुनेछ। यस वर्षभरि नै शिक्षाको क्षेत्रमा राम्रो स्थिति रहेको देखिन्छ। शुभ रंग हरियो, पहेलो र केशरी शुभ अंक ५,६ र ९ शुभ बार सोमबार, बुधबार, र विहीबार शुभ महिना वैशाख, असोज, मंशिर र चैत उपाय बृहस्पति, शनि, राहु र केतुगत शान्तिको साथमा देवि उपासना साथै महामृत्युञ्ज जप आदि गराएर शुभफल प्राप्त गर्न सक्नुहुनेछ।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij