Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

शुभ दिन छ। मानसम्मान प्राप्त हुने दिन छ । स्वास्थ्यमा लाभ हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। सामाजिक क्षेत्रमा भने अप्ठ्यारा आइलाग्नेछ।

भाद्र ३१, २०८३ बुधवार

बच्चाहरूको पढाइ लेखाइलाई लिएर मन चिन्तित रहनेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। साताको अन्तिममा जग्गा जमिन र ठेक्कापट्टाको कामले विशेष लाभार्जन गर्न सकिएला। पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ।

भाद्र २१, २०८३ आइतवार

महिनाको प्रारम्भमा नयाँ ठाउँ र नयाँ अवसरसँग जोडिने समय देखिन्छ। टाढाबाट आएको खबरले मनमा उत्साह थप्न सक्छ। वैदेशिक अध्ययन वा रोजगारीको प्रयासले राम्रो दिशा लिन सक्छ। अधुरो काम पूरा गर्ने अनुकूल समय मिल्नेछ। व्यापार विस्तार गर्ने सोचले गति लिने संकेत छ। अनुभवी व्यक्तिको सल्लाहले ठूलो निर्णय लिन सहज हुनेछ। सरकारी परीक्षा वा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना देखिन्छ। लेखन, शिक्षण र बौद्धिक काममा राम्रो प्रगति हुनेछ। घरजग्गासम्बन्धी काममा लगानी गर्ने सोच आँउनेछ। बैंक तथा वित्तीय काम सहज रूपमा अघि बढ्ने देखिन्छ। आत्मविश्वासको साथ व्यावसायिक कार्यमा अघि बढ्दा फाइदा मिल्ने योग छ। सामाजिक क्षेत्रमा तपाईंको विचारले राम्रो स्थान पाउन सक्छ। समयको सही उपयोगले अरूभन्दा अघि बढ्ने अवसर मिल्नेछ। नयाँ चिनजान भविष्यमा उपयोगी बन्ने संकेत देखिन्छ। अनावश्यक बहसभन्दा आफ्नो काममा केन्द्रित रहनु राम्रो हुनेछ। सानो प्रयासले पनि अपेक्षाभन्दा राम्रो उपलब्धि हात पर्न सक्छ। महिनाको उत्तरार्धमा आम्दानीको अर्को स्रोत थपिने संकेत देखिन्छ। आफूले गरेको मेहनतको उचित मूल्य पाउने समय आएको छ। यो महिना भगवान् विष्णुको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

धनु राशि हुनेरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैयाको कारण विघ्न बाधाहरु आउनेछ। गुरुको सप्तम स्थानमा गोचर शुभ फलदायी रहनेछ। घर परिवारमा विवाह आदिको मांगलिक कार्य सम्पन्न हुनेछ। नजिकका व्यक्तिहरूबाट साथ मिल्नेछ। कार्य क्षेत्रमा प्रशंसाको पात्र बन्नुहुनेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने विचार गरेर आफ्नो अभिव्यक्ति राख्नुपर्ने हुन्छ । सामाजिक कार्य पूर्ण गरेर उदाहरणको पात्र बन्न सक्नु हुन्छ। आफ्नो लागि समय अवश्य पनि निकाल्नुहोस्‌। आध्यात्मिक क्षेत्रमा राम्रा योगहरू बनिरहेका छन्‌। वैशाख : आर्थिक संकट जेठ : शत्रुनाश असार : लामो यात्रा साउन : स्वास्थ्य कमजोर हुने र चिन्ता भदौ : मानहानि हुने असोज : कार्यसिद्धि धनलाभ कार्तिक : श्रीप्राप्ति मङ्सिर : हानि नोक्सानी बढ्ने,सम्बन्धमा समस्या पुस : स्थान परिवर्तन माघ : स्वास्थ्य समस्या फागुन : अधुरा काम पूरा हुने चैत : पारिवारिक समस्याले सताउने कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष धनु राशिहरूको लागि सामान्य रहनेछ। चुनौतीपूर्ण कार्यहरूमा सफलता मिल्नेछ। कपडा व्यापार स्टेसनरी व्यापार लाभदाइ रहनेछन्। प्रेम सम्बन्ध पारिवारिक समस्याहरूबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आफूभन्दा साना भाइबहिनीहरु सँग राम्रो सम्बन्ध स्थापित हुनेछ। स्वास्थ्य श्वास्थ्यलाई लिएर यो वर्ष हजुरको सामान्य रहनेछ। नशा सम्बन्धी समस्या बढ्नेछ। रक्तचाप आदि समस्या रहेको छ भने सचेत रहनुहोस्। यो वर्ष स्वास्थ्यलाई लिएर बेवास्था नगर्नुहोला। शिक्षा विद्यार्थीहरूलाई शिक्षाको दृष्टिले यो वर्ष उत्तम रहनेछ। शिक्षालाई लिएर विदेशतिर जाने अवसर मिल्नेछ। व्यवस्थापन तथा आध्यात्मिक क्षेत्रमा विद्यार्थीले उच्च सफलता पाउनेछन्। शुभ रंग रातो, पहेलो, सुन्तला र गुलाबी शुभ अंक ३,५ र ९ शुभ बार बुधबार, बिहीबार र शुक्रबार शुभ महिना जेठ, असोज, कार्तिक र फागुन उपाय शनि संकटा मन्दिरमा गएर बत्ती बाल्ने। भगवान शिवलाई रुद्राभिषेक गरेर आफ्नो भाग्यलाई राम्रो बनाउनुहोस्। अशक्तहरूको सेवा गर्नुहोस्।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij