Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राशिफल

ज्यो. प. महेश पोखरेल

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

दिन सामान्य छ। शत्रु बढ्नेछन्। हरेक काममा असन्तुष्टी बढ्ने छ। राजनीतिमा हात नलगाउनु राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

आश्विन १, २०८३ बिहिवार

घैर्यको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला। साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोस। गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा शुभ कार्यको चर्चा हुनेछ। चिताएका काम पूरा हुनेछन्।

भाद्र २१, २०८३ आइतवार

परिवारमा नयाँ सदस्यको आगमन वा कुनै शुभ कार्यको आयोजना हुनाले खुसीयाली छाउनेछ। अनलाइन प्लेटफर्म वा सामाजिक सञ्जालको सही प्रयोगबाट नयाँ व्यापारिक अर्डरहरू मिल्न सक्छन्। विद्यार्थीहरूले छात्रवृत्ति वा उच्च शिक्षाका लागि विदेश जाने राम्रो अवसर हात पार्नेछन्। रिसको मात्रा बढ्न सक्ने हुनाले उत्तेजनामा आएर कसैलाई पनि कडा वचन नभन्नुहोला। समयले तपाईंको आत्मनियन्त्रण र धैर्यताको क्षमतालाई अझ बलियो बनाउनेछ। सवारी साधन चलाउँदा वा सडक पार गर्दा हतार नगर्नुहोला। अरूको व्यक्तिगत मामिलामा चासो राख्दा आफैं विवादमा तानिन सक्ने खतरा छ होस् पुर्याउनुहोला। आफ्नो काममा मात्र केन्द्रित हुँदा समय ऊर्जा र प्रतिष्ठा तीनवटै कुरा जोगाउन सकिनेछ। पुराना नउठेको रकमहरू अचानक उठ्नाले लामो समयदेखिको आर्थिक तनाव निकै कम हुनेछ। कला अभिनय र संगीत क्षेत्रमा रुचि भएकाहरूका लागि नयाँ अवसर मिल्नेछ। व्यवसायिक सिलसिलामा गरिएका छोटा दूरीका यात्राहरू निकै फलदायी र नाफामूलक साबित हुनेछन्।

आश्विन १, २०८३ बिहिवार

मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ। द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ। लग्नमा स्थित शनिले समाजमा अपयस दिलाउन सक्ला। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्। वैशाख : हानि नोक्सानी जेठ : अप्रत्याशित लाभ असार : स्वास्थ्यमा बाधा साउन : आर्थिक संकट र ऋण वृद्धि भदौ : शत्रु नास र सुखवृद्धि असोज : लामो यात्रा र खर्चमा वृद्धि कार्तिक : स्वास्थ्यमा खर्च मङ्सिर : मानहानी पुस : धन र सुखवृद्धि माघ : धन र सुखवृद्धि फागुन : आम्दानीभन्दा खर्चमा वृद्धि चैत : आम्दानीभन्दा खर्चमा वृद्धि कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ। खाद्यान्न सम्बन्धी तरल पदार्थको व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष नचल्ला। प्रेमसम्बन्ध सम्बन्धको दृष्टिकोणले वर्ष राम्रो रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। वाहन सुविधाको आनन्द मिल्नेछ। परिवारमा कुटुम्बमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। टाढिएका मित्रहरूसँग सामिप्यता बढ्नेछ। दिदीबहिनी आदि सबैको सहयोग मिल्नेछ। शिक्षा मीन राशिको विद्यार्थीहरूको लागि यो समय उत्तम रहनेछ। परीक्षामा राम्रो परिणाम मिल्नेछ। शिक्षाको क्षेत्रमा शिक्षकको सल्लाहले सम्भावित मार्गदर्शन मिल्नेछ। शुभ रंग पहेलो, गुलाबी बैजनी र रातो शुभ अंक १, ५ र ९ शुभ बार आइतबार, मंगलबार र बिहीबार शुभ महिना जेठ, पुष र माघ उपाय पिपलको वृक्षलाई जल अर्पण गर्नुहोस् शनिगत पीडा कम हुनेछ। आफ्नो बैठक रूमको उत्तर पश्चिम कुनामा एउटा क्रिस्टलको कछुवा राख्नुहोस् । भाग्यले साथ दिनेछ।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij