२०८२ भाद्र १६ गते सोमवार
संबन्धमा मिठास आउनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।
भाद्र १६, २०८२ सोमवार
साताको प्रारम्भमा सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम विवाहको सम्बन्धमा पारिवारिक समस्या आउन सक्छ। साताको मध्यमा सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन्। व्यापार व्यवसायमा विवादित विषयको समाधान हुनेछ। कार्यस्थलमा ठूलो परियोजना हात पार्न सकिनेछ। साताको अन्तिममा जीवन साथीप्रति वफादारी र माया बढ्नेछ।
भाद्र १५, २०८२ आइतवार
मीन राशि हुनेहरूको लागि महिना राम्रो रहेको छ। सूर्यको षष्ठ भावमा गोचरले शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ प्राप्त गर्न सकिएला। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। कार्यहरू बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछन्। शुक्रको पञ्चम भावमा गोचरले शिक्षा र प्रेम सम्बन्धमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा सहजता हुनेछ। मंगलको सप्तम भावमा गोचरले जीवनसाथिसँग पुराना कुनै कुरालाई लिएर वादविवाद को सम्भावना देखिएको छ। नयाँ लगानी लगाउनु भन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोला। पारिवारिक वातावरणमा केही अस्थिरता आउनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं आत्मविश्वास र सफलता मिल्नेछ।
भाद्र १, २०८२ आइतवार
मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ। द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ। लग्नमा स्थित शनिले समाजमा अपयस दिलाउन सक्ला। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्। वैशाख : हानि नोक्सानी जेठ : अप्रत्याशित लाभ असार : स्वास्थ्यमा बाधा साउन : आर्थिक संकट र ऋण वृद्धि भदौ : शत्रु नास र सुखवृद्धि असोज : लामो यात्रा र खर्चमा वृद्धि कार्तिक : स्वास्थ्यमा खर्च मङ्सिर : मानहानी पुस : धन र सुखवृद्धि माघ : धन र सुखवृद्धि फागुन : आम्दानीभन्दा खर्चमा वृद्धि चैत : आम्दानीभन्दा खर्चमा वृद्धि कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ। खाद्यान्न सम्बन्धी तरल पदार्थको व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष नचल्ला। प्रेमसम्बन्ध सम्बन्धको दृष्टिकोणले वर्ष राम्रो रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। वाहन सुविधाको आनन्द मिल्नेछ। परिवारमा कुटुम्बमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। टाढिएका मित्रहरूसँग सामिप्यता बढ्नेछ। दिदीबहिनी आदि सबैको सहयोग मिल्नेछ। शिक्षा मीन राशिको विद्यार्थीहरूको लागि यो समय उत्तम रहनेछ। परीक्षामा राम्रो परिणाम मिल्नेछ। शिक्षाको क्षेत्रमा शिक्षकको सल्लाहले सम्भावित मार्गदर्शन मिल्नेछ। शुभ रंग पहेलो, गुलाबी बैजनी र रातो शुभ अंक १, ५ र ९ शुभ बार आइतबार, मंगलबार र बिहीबार शुभ महिना जेठ, पुष र माघ उपाय पिपलको वृक्षलाई जल अर्पण गर्नुहोस् शनिगत पीडा कम हुनेछ। आफ्नो बैठक रूमको उत्तर पश्चिम कुनामा एउटा क्रिस्टलको कछुवा राख्नुहोस् । भाग्यले साथ दिनेछ।
जेठ १, २०८२ बिहिवार
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij