Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

राशिफल

ज्यो. प. महेश पोखरेल

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

धार्मिक र अध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ। नयाँ ज्ञान हासिल हुने सम्भावना छ। अध्ययनमा मन लगाउन सकिन्छ।

माघ १८, २०८२ आइतवार

साताको प्रारम्भमा मित्रहरूसँग घुमफिरमा समय व्यतीत होला। कार्यक्षेत्रमा अनुभवीहरूको साथले कार्य समयमा सम्पादन हुनेछ। साताको मध्यमा यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। अरुको विवादास्पद कार्य वहन गर्नुपर्ला। साताको अन्तिममा नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइएला। अतिथिको आगमनले खुसीको माहोल रहनेछ।

माघ १८, २०८२ आइतवार

कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य, बुध, मंगल र शुक्रको पञ्चम भावमा भईरहेको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। नेटवर्क मार्केटिङ र शेयर बजारमा गरेको लागानीबाट राम्रो लाभ आर्जन गर्न सकिएला। मंगलको प्रभावलाई ध्यानमा राखेर हेर्दा नयाँ निर्णय लिनमा हतार नगर्नुहोला। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। घर परिवारतर्फ जिम्मेवारी बढ्नेछ तर भावनात्मक संवेदनशीलता बढ्नेछ। दाम्पत्य जीवन र वैवाहिक सम्बन्धमा वैचारिक मतभेद रहेको छ त्यसैले साथीको विचारलाई पनि सम्मान दिएर कार्य गर्नुहोला। स्पष्ट कुराले सम्बन्धलाई स्थिर बनाउन सकिनेछ। विद्यार्थीहरूको लागि यो समय अनुकुल सिद्ध हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। अप्ठ्यारा विषयवस्तुहरूमा मित्रगण र गुरुजनहरूको साथ पाइनेछ। करियर वा व्यापार व्यवसाय लाई लिएर यो महिनामा नयाँ अवसरहरू आउनेछन्। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। साझेदारीमा काम गर्दा अहंकार र हतारले निर्णयहरू भएमा कार्यमा नकारात्मक प्रभाव पर्नसक्छ त्यसैले सोचेर निर्णय गर्नुहोला। वैदेशिक भ्रमणको प्रबल योग रहेको छ। आफन्तहरू संग रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय मध्यम रहेको छ। श्वासप्रश्वास र एलर्जी सम्बन्धी समस्या देखा पर्ला। नियमित योग वा ध्यान गरेर दिनको सुरुवात गर्नु यहाँहरुका लागि शुभ हुनेछ।

माघ १, २०८२ बिहिवार

कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ। बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन्। गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ। जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ। राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ। वैशाख : कष्ट र परिश्रम जेठ : कान्तिक्षय असार :कार्यसीद्धि साउन : विजय लाभ भदौ : खर्च वृद्धि असोज : शारीरिक पीडा कार्तिक : नोक्सानी मङ्सिर : धन प्राप्ति पुस : मानसम्मान प्राप्ति माघ : आर्थिक संकट फागुन : शत्रुनाश चैत : लामो यात्रा कार्यक्षेत्र व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। हार्डवेयर वा कपडा आदिको व्यापार हजुरको लागि लाभदायी रहनेछ। खाद्यान्नको कारोबारमा मन्दी आउला भने तरल पदार्थको व्यापार पनि लाभदायी हुनेछ । प्रेमसम्बन्ध सम्बन्धको दृष्टिले यो वर्ष सामान्य रहनेछ। दाम्पत्य जीवनमा विश्वासमा कमी आउनेछ। टाढिएका इष्टमित्रहरू नजिक हुनेछन्। पारिवारिक सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। प्रेमसम्बन्धमा शंकाको बीज उत्पन्न हुने सम्भावना छ सावधान रहनुहोला। स्वास्थ्य स्वास्थ्यको दृष्टिले समय सामान्य रहनेछ। वायुविकार वा स्वास्थ्य सम्बन्धी समस्या बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनेछ। आँखाबाट टाउको दुख्ने समस्याले सताउन सक्ला। शिक्षा यो वर्ष अध्ययनको क्षेत्रमा सफलता मिल्नेछ। इन्जिनियरिङ वा मिडिया र आइटी क्षेत्रको अध्ययनमा विशेष सफलता मिल्ला। शुभ रंग हरियो, सेतो र सुन्तला शुभ अंक ३, ५ र ८ शुभ बार बुधबार, शुकबार र शनिबार शुभ महिना असार, साउन, मंगसिर र फागुन उपाय ग्रह शान्ति, गणेशजीलाई दुवो अर्पण, देवी भगवतीको आराधना गर्नुहोस्। वृक्षारोपण जस्तो कार्यक्रमहरूमा सहभागी हुनुहोला भाग्यमा वृद्धि हुनेछ।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij