Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आफ्नो अनुकुलताको लागि तपाईंको प्रयोग गर्ने धेरै छन्। कुरा काट्नेहरु बढ्नेछन्। आम्दानीका स्रोत भेटिनेछन्। मन खुसी हुनेछ। आज सचेत भएर अघि बढ्नुपर्ने दिन छ ।

भाद्र ३१, २०८३ बुधवार

प्रेम र मित्रताको बन्धन कसिनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। साताको मध्यमा अरुको विश्वासमा कुनै कार्य अधुरो नछोड्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। साताको अन्तिममा सम्पादित कामबाट मनग्य लाभ हुनेछ। बोलिको प्रभावले विशेष अवसर दिलाउनेछ।

भाद्र २१, २०८३ आइतवार

कामको चाप बढे पनि नतिजा राम्रो आउनेछ। पुरानो योजना अघि बढाउने समय मिल्नेछ। सरकारी काममा ढिलाइ भए पनि अन्ततः टुङ्गो लाग्नेछ। कागजी प्रक्रिया पूरा गर्दा सजिलो हुनेछ। निजी क्षेत्रमा नयाँ अवसर देखिन सक्छ। व्यापारमा नयाँ सामान थप्ने सोच सफल हुन सक्छ। शेयर बजारमा धैर्य गर्नु बुद्धिमानी हुनेछ। घरजग्गाको विषयमा सकारात्मक छलफल हुन सक्छ। बैंक वा ऋणसम्बन्धी काम सहज बन्न सक्छ। अनुभवी व्यक्तिको सुझाव काम लाग्नेछ। बोल्दा भन्दा काम गरेर देखाउने समय छ। सानो गल्तीले आलोचना आउन सक्छ त्यसैले सजग रहनुहोस्। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। स्वास्थ्यमा पाचन प्रणालीको ख्याल गर्नु राम्रो हुनेछ। खानपान नियमित राख्नु लाभदायक हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ। अरूको जिम्मेवारी अनावश्यक रूपमा नबोक्नुहोस्। महिनाको अन्त्यतिर रोकिएको एउटा काम पूरा हुन सक्छ। यो महिना भगवान् विष्णुको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ। बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन्। गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ। जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ। राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ। वैशाख : कष्ट र परिश्रम जेठ : कान्तिक्षय असार :कार्यसीद्धि साउन : विजय लाभ भदौ : खर्च वृद्धि असोज : शारीरिक पीडा कार्तिक : नोक्सानी मङ्सिर : धन प्राप्ति पुस : मानसम्मान प्राप्ति माघ : आर्थिक संकट फागुन : शत्रुनाश चैत : लामो यात्रा कार्यक्षेत्र व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। हार्डवेयर वा कपडा आदिको व्यापार हजुरको लागि लाभदायी रहनेछ। खाद्यान्नको कारोबारमा मन्दी आउला भने तरल पदार्थको व्यापार पनि लाभदायी हुनेछ । प्रेमसम्बन्ध सम्बन्धको दृष्टिले यो वर्ष सामान्य रहनेछ। दाम्पत्य जीवनमा विश्वासमा कमी आउनेछ। टाढिएका इष्टमित्रहरू नजिक हुनेछन्। पारिवारिक सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। प्रेमसम्बन्धमा शंकाको बीज उत्पन्न हुने सम्भावना छ सावधान रहनुहोला। स्वास्थ्य स्वास्थ्यको दृष्टिले समय सामान्य रहनेछ। वायुविकार वा स्वास्थ्य सम्बन्धी समस्या बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनेछ। आँखाबाट टाउको दुख्ने समस्याले सताउन सक्ला। शिक्षा यो वर्ष अध्ययनको क्षेत्रमा सफलता मिल्नेछ। इन्जिनियरिङ वा मिडिया र आइटी क्षेत्रको अध्ययनमा विशेष सफलता मिल्ला। शुभ रंग हरियो, सेतो र सुन्तला शुभ अंक ३, ५ र ८ शुभ बार बुधबार, शुकबार र शनिबार शुभ महिना असार, साउन, मंगसिर र फागुन उपाय ग्रह शान्ति, गणेशजीलाई दुवो अर्पण, देवी भगवतीको आराधना गर्नुहोस्। वृक्षारोपण जस्तो कार्यक्रमहरूमा सहभागी हुनुहोला भाग्यमा वृद्धि हुनेछ।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij