Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

राशिफल

ज्यो. प. महेश पोखरेल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

सामाजिक क्षेत्रमा सक्रिय रहनु पर्नेछ। नयाँ मान्छेसँग भेटघाट हुनेछ। समूहगत काममा सफलता मिल्नेछ।

भाद्र १६, २०८२ सोमवार

साताको प्रारम्भमा स्वास्थलाई लिएर चिन्ता रहनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। साताको अन्तिममा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक १ र २ रहेको छ।

भाद्र १५, २०८२ आइतवार

मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। पञ्चम भावमा सूर्य र केतुको युतिले निर्णाय लिने क्षमतामा बृध्दि हुनेछ। पढाइमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। चतुर्थ स्थानमा शुक्रको गोचरले कार्यक्षेत्रमा वा रचनात्मक कार्यहरूमा उत्तरदायित्व बढाउनेछ। यद्यपि महिनाको मध्यदेखि सूर्य र बुधको युतिले आँटेको कार्यमा सफलता मिल्नेछ। अधिकारी र उच्च पदस्थ व्यक्तिहरूको साथ पाइनेछ। षष्ठ स्थानमा मंगलको गोचरले साहस र पराक्रममा वृद्धि हुनेछ। पुरानो रोगमा सुधार आउनेछ। नकारात्मक कुरामा मन धेरै जान सक्छ सावधान रहनुहोस्। युवा वर्गलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। शत्रुहरू पराजित हुनेछन्। द्वादश स्थानको शनिले बहस र जिद्दीपनलाई बढाउनेछ सचेत रहनुहोस्। लामो दूरीको यात्राको योग छ| शत्रुहरू पराजित हुनेछन्। तृतीय स्थानको गुरुले गर्दा दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापार विस्तारका नीतिहरू बन्नेछन्। भाग्यको साथ पाइनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं।

भाद्र १, २०८२ आइतवार

मेष राशिहरूको लागि यो साल सामान्य रहेको छ। वर्षभरि बृहस्पति वा केतुबाट राम्रो फल मिल्नेछ। लग्नबाट तेस्रो स्थानमा रहेको बृहस्पतिको प्रभावले पराक्रममा कमी ल्याउनेछ। शनिको आध्य साढे सातीले मन चिन्ताग्रस्त रहनेछ साथै प्रतिकूल प्रभाव पार्नेछ। शारीरिक पीडा वा व्यर्थको चिन्ता खप्नु पर्ला। पञ्चमेश केतुले सन्तानको शिक्षामा बाधा उत्पन्न गराउन सक्छ। गृहणीहरूको धर्मकर्ममा आस्था बढ्नेछ। वैशाख : स्थान परिवर्तन वा व्यापार व्यवसायको कारण यात्रा जेठ : शत्रुहरूबाट अज्ञात भय असार : श्री प्राप्ति साउन : मानसम्मानमा कमी भदौ : आर्थिक समस्या वा शत्रुहरू सक्रिय हुने असोज : शत्रुमाथि विजय प्राप्त कार्तिक : शुभ यशको प्राप्ति मङ्सिर : श्रम वा शारीरिक कष्ट पुस : झुटो आरोप लाग्न सक्ने माघ : कार्यसद्धि फागुन : धनलाभ चैत : खर्चमा वृद्धि, व्यापार व्यवसायमा लाभ कार्यक्षेत्र कार्यक्षेत्रमा कुनै नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यापार व्यवसायको दृष्टिले यो साल सामान्य रहनेछ। वैदेशिक रोजगार पनि लाभदायी रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा मिल्नेछ। शेयर मार्केटको लगानीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। वैदेशिक यात्राका योजनाहरू सफल रहनेछन्। प्रेम सम्बन्ध युवा वर्गहरूले प्रेम प्रसंगलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सहकर्मी र भ्रात्री वर्गबाट सहयोग मिल्नेछ। साथीभाईहरूसंग औसत सम्बन्ध रहनेछ भने छरछिमेकीसंग व्यर्थको वाद विवाद उत्पन्न हुन सक्छ। सन्तान पक्षबाट चिन्ता को स्थिती रहन सक्छ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो साल मेष राशि हुनेहरूको लागि सामान्य रहनेछ । शिर र पेटमा स्वास्थ्यमा समस्या र बौद्धिक विषयमा बाधा उत्पन्न हुन्छ। शिक्षा विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मेहनत गर्नुपर्ला। शिक्षाको क्षेत्रमा लगनशीलताको कमी देखिन्छ। उचित परिणाम प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्ला। शुभ रंग हजुरहरूका लागि रातो, पहेलो र गुलाबी रहेको छ। शुभ अंक हजुरहरुका लागि ४ ५ र ८ रहेको छ। शुभ बार आइतबार, मङ्गलबार र बृहस्पति शुभ महिना असार, असोज, माघ र फागुन उपाय भगवान गणेशको विशेष आराधना गर्नुपर्ने हुन्छ साथै मंगलवारको दिन हनुमान चालिसाको पाठ पनि अत्यन्त लाभकारी सिद्द हुने छ । शनिको साँढेसाती भएको कारणले गर्दा शनिगत शान्तिका उपायहरू गर्नुहोला कालो कपडा काल जुता, कालो छाता इत्यादि दान गरेमा अत्यन्त लाभप्रद स्थिति निर्माण हुन सक्छ।

जेठ १, २०८२ बिहिवार

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij