२०८३ भाद्र ३१ गते बुधवार
शुभ दिन छ । बोलीका कारण काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुहोला । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ । आकस्मिक लाभ मिल्नाले मन खुसी हुनेछ ।
भाद्र ३१, २०८३ बुधवार
प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। साताको मध्यमा भौतिक संसाधन जुटाउनमा सफल भइनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस। साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ। दैनिकी कार्यक्षेत्रमा जिम्मेदारी बढ्नेछ।
भाद्र २१, २०८३ आइतवार
यो महिना मन पहिलेभन्दा हल्का रहनेछ। घरपरिवारको साथले हौसला बढ्नेछ। रोकिएको काम अघि बढ्ने संकेत छ। लामो समयदेखि सोच्दै आएको योजना कार्यान्वयन गर्ने वातावरण बन्नेछ। धेरै कुरा आफ्नै पक्षमा हुँदै गएको महसुस हुनेछ। आम्दानी सामान्य रहे पनि खर्च नियन्त्रणमा राख्नु राम्रो हुनेछ। कसैलाई दिएको पैसा फिर्ता आउने सम्भावना छ। काम गर्ने ठाउँमा नयाँ जिम्मेवारी आउन सक्छ। हतारमा निर्णय नगर्नुहोस्। पुरानो अनुभवले नयाँ समस्या समाधान गर्न मद्दत गर्नेछ। साथीभाइसँगको भेटले मन रमाउनेछ। आफन्तसँगको दूरी घट्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। जीवनसाथीसँग राम्रो समझदारी कायम रहनेछ। विद्यार्थीले मेहनतको राम्रो फल पाउन सक्छन्। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु पर्याप्त हुनेछ। पेटसम्बन्धी समस्या भए बेवास्ता नगर्नुहोस्। छोटो यात्रा सुखद बन्न सक्छ। धार्मिक काममा मन लाग्नेछ। साझेदारीमा गरेको कार्य पूरा हुने शुभ समय छ। सदैव भगवान् शिवजीको आराधना शुभ रहनेछ।
भाद्र १, २०८३ सोमवार
कर्कट राशि हुनेहरूको लागि यो वर्ष सामान्य फलदायी रहनेछ। गुरु र केतु शुभ रहनाले मानसम्मान बढ्नेछ। आकस्मिक धन लाभ हुनुका साथै सुख शान्तिमा वृद्धि हुनेछ। उच्च शिक्षाको लागि वैदेशिक यात्रा सफल रहनेछ। द्वादश स्थानको गुरुले धर्मकर्मप्रति नकारात्मक विचार उत्पन्न हुन सक्ला। आर्थिक उन्नति हुनेछ। अरूप्रति वैमनश्यता नराख्नुहोला । मानसिक रूपमा सबल हुने प्रयास गर्नुहोस् । छिट्टै अरूमाथि विश्वास गर्दा धोका पनि पाउन सक्नुहुनेछ त्यसर्थ सावधान रहनुहोस्। मनबाट निर्णय लिनुभन्दा अघि विवेकपूर्ण ढंगले विचार गरेर अनि मात्र सकारात्मक निर्णय लिनुहोस्। जलसम्बन्धित व्यापारमा राम्रो स्थिति रहेको देखिन्छ। आत्मविश्वासमा वृद्धि र स्वास्थ्यमा राम्रो स्थिति रहेको देखिन्छ। वैशाख : सबै कार्यहरू सिद्ध हुने जेठ : लाभका योगहरू असार : खर्चमा वृद्धि साउन : शारीरिक पीडा भदौ : मनमा भय असोज : धन प्राप्ति कार्तिक : मानसम्मान मङ्सिर : समस्याहरूको सामना गर्नुपर्ने पुस : सफलताका योगहरु माघ : सुखद यात्रा फागुन : कडा परिश्रम चैत : कान्ति हुने सम्भावना कार्यक्षेत्र व्यापार व्यवसायबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। गुरु अनुकूल हुनाले कपडा वा काँपी किताब र धार्मिक पुस्तकहरूको साथै स्टेसनरी सम्बन्धी व्यापार लाभदायी रहनेछ। जलसम्बन्धित व्यापारमा पनि राम्रो स्थिति रहेको देखिन्छ। नोकरी वा पेशामा पदोन्नतिका योगहरू रहेकाछन्। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। प्रेमसम्बन्ध पारिवारिक सद्भाव बढ्नुको साथै नयाँ सम्बन्धहरू स्थापित हुनेछन्। दाम्पत्य जीवनमा जीवन साथीसँग सुमधुर सम्बन्ध रहनेछ। घरपरिवारमा साना ठूला सबैसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। युवाहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो साल हजुरको लागि सामान्य रहनेछ। पेट वा चर्म रोगको समस्याले सताउन सक्छ। शिक्षा शिक्षाको क्षेत्रमा यो वर्ष लाभदायी रहनेछ तर मेहनत धेरै गर्नुपर्ला। गुरु अनुकूल भएपनि द्वादश भावमा भएको कारणले स्मरण शक्ति कमजोर रहनेछ। वकालत वा शिक्षणको क्षेत्र राम्रो रहनेछ। शिक्षालाई लिएर वैदेशिक यात्रा हुन सक्ला। शुभ रंग सेतो, निलो र हरियो शुभ अंक २,७ र ९ शुभ बार सोमबार, मंगलबार र विहीबार शुभ महिना वैशाख, जेठ,असोज र माघ उपाय भगवान विष्णुको पूजा ,ग्रह शान्ति वा भैरवको उपासना गर्नुहोस् साथै माछा लाई खान दिनुहोस् भाग्यमा वृद्धि हुनेछ।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij