Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

दिन सामान्यछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। आफन्तबाट धोका हुनसक्छ। विदेशको भन्दा स्वदेशको लगानीमा केही शान्ति मिल्नेछ।

भाद्र ३१, २०८३ बुधवार

उद्योग र कारोबारमा थप लगानी लगाउने समय रहेको छ। धर्म कर्मतर्फ मन जानेछ। साताको मध्यमा शेयर बजारबाट फाइदा हुनेछ। व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ। साताको मध्यमा भौतिक सुख सुविधामा धन खर्चका योग छन्। आँटेको कार्यमा सफलता मिल्नेछ।

भाद्र २१, २०८३ आइतवार

यो महिना तपाईंका लागि मिश्रित रहनेछ। संयम र सही निर्णयले सफलता दिलाउने समय रहनेछ। महिनाको सुरुवातमा केही काम अपेक्षाभन्दा ढिलो हुनसक्छ धैर्यता राख्नुहोला। आर्थिक पक्षमा पहिलेको तुलनामा सुधार आउने संकेत छ। बचत गर्ने सोचले भविष्यमा राम्रो आधार तयार गर्न सक्छ। नयाँ लगानी गर्नुभन्दा अहिले भएका स्रोतको उचित व्यवस्थापन गर्नु बढी लाभदायक हुनेछ। जागिर गर्नेहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा प्रशंसा पाउने योग छ। व्यापारमा पुराना सम्बन्धबाट लाभ मिल्नेछ। परिवारमा एकअर्काप्रतिको सहयोग र आत्मीयता बढ्नेछ। प्रेम सम्बन्धमा साना कुरालाई ठूलो विवाद नबनाउँदा सम्बन्ध अझ मिठासपूर्ण रहनेछ। विद्यार्थीका लागि नियमित अध्ययनले अपेक्षाभन्दा राम्रो नतिजा दिलाउन सक्छ। स्वास्थ्य सामान्य रहने भए पनि खानपान र निद्रामा लापरबाही नगर्नु राम्रो हुनेछ। पुरानो साथीसँगको भेटले मन खुसी बनाउनेछ। कामको सिलसिलामा छोटो र फलदायी यात्रा हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको व्यवहारको प्रशंसा हुनछ। कसैलाई गरेको सहयोग भविष्यमा तपाईंकै लागि उपयोगी बन्ने संकेत देखिन्छ। मनमा आएको हरेक कुरा तुरुन्तै व्यक्त गर्नु भन्दा समय र परिस्थिति बुझेर बोल्नु राम्रो हुनेछ। महिनाको अन्त्यतिर सुखद समाचार प्राप्तिको समय रहेको छ। शुभ कार्य थालनिको नयाँ अवसर प्राप्त हुन सक्छ। यो महिना महालक्ष्मीको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ। यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो रहनेछ। राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला। युवा वर्गलाई वैदेशिक यात्राको नवीन अवसर मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। तीर्थस्थलहरूको भ्रमण हुनेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। वैशाख : धनवृद्धि जेठ : शत्रुहरू सक्रिय रहने वा शारीरिक पीडा असार : धनहानी साउन : श्री प्राप्ति भदौ : रोग वा भय असोज : शत्रुनाश कार्तिक : कार्यक्षेत्रमा संघर्ष मङ्सिर : यात्रा पुस : रोग माघ : धर्म प्राप्ति फागुन : कार्यसद्धि चैत : अप्रत्यासित धनलाभ कार्यक्षेत्र नयाँ रोजगार मा सफलता मिल्नेछ। लाभस्थानको शनिले शनिगत व्यापारमा विशेष लाभ दिनेछ। व्यापारबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। अरुबाट झुठो आरोप लाग्न सक्छ। धनस्थानको बृहस्पतिले धनार्जनका नयाँ स्रोत प्राप्त गराउनेछन्। व्यापार व्यवसायमा आलस्य नगर्नुहोला। नोकरी वा पेशामा अपयश खेप्नु पर्ला। आर्थिक दृष्टिकोणले यो साल हजुरको लागि शुभ रहनेछ। सम्बन्ध प्रेम सम्बन्ध प्रगाढ हुनेछ। आफन्तजनहरूसँग कुनै प्रकारको मनमटाव हुने सम्भावना पनि रहेको छ त्यसर्थ सावधान रहनुहोस्। छरछिमेकीसँगको सम्बन्ध औसत रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहनेछ। आलस्य हावी रहनेछ। घाँटीमा केही समस्या हुन सक्छ त्यसर्थ ध्यान दिनुहोस्। दीर्घ रोगी हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत रहनुपर्ने हुन्छ। शिक्षा विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। आइटी वा डाँक्टरी पढाइमा राम्रो सफलता हासिल गर्न सक्नुहुनेछ। शुभ रंग सेतो, रातो र गुलाबी शुभ अंक २,७ र ९ शुभ बार बुधबार, शुकबार र शनिबार शुभ महिना साउन, फागुन र चैत उपाय यो वर्षभरि श्रीदुर्गा देवीको आराधना गर्ने विशेष सफलताको योग बनिरहेको छ । सोमवारको दिन भगवान शिवलाई जल अर्पण गर्नुहोला। अशक्तहरूलाई भोजन प्रदान गर्नु होस्‌।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij