Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार आउँछ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा केही राम्रा संकेत देखिनेछन्।

भाद्र ३१, २०८३ बुधवार

आफन्तजनहरूबाट राम्रो सहयोग नमिल्ला। साताको मध्यमा जीवनसाथीसंग पायक स्थानमा यात्राका योग छन्। नयाँ पहिरनको अवसर मिल्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यलाई लिएर कमजोरीको अनुभूति हुनेछ।

भाद्र २१, २०८३ आइतवार

लामो समयदेखि मनमा रहेको योजना अघि बढाउन सकिनेछ। फरक ढङ्गले गरेको प्रयासले राम्रो परिणाम दिन सक्छ। काममा सिर्जनशीलता देखाउने अवसर मिल्नेछ। नयाँ प्रविधि वा नयाँ सीप सिक्न मन लाग्नेछ। अनुभवी व्यक्तिसँगको सहकार्य लाभदायक बन्ने देखिन्छ। आफ्ना विचार खुलेर राख्दा राम्रो साथ पाउनुहुनेछ। सामाजिक काममा सक्रियता बढ्न सक्छ। नयाँ चिनजानले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। आर्थिक पक्ष बिस्तारै सुदृढ बन्दै जानेछ। अनावश्यक खर्च घटाउन सक्नुभयो भने बचत बढ्नेछ। सानो लगानीले पनि राम्रो प्रतिफल दिने योग छ। लेखन, अनुसन्धान, सूचना–प्रविधि वा सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूलाई विशेष उपलब्धि मिल्न सक्छ। अरूको कुरामा धेरै अल्झिनुभन्दा आफ्नो लक्ष्यमा केन्द्रित रहनु राम्रो हुनेछ। समयको सही उपयोगले धेरै काम सहज रूपमा सम्पन्न हुनेछन्। अधुरा योजना पूरा गर्ने अनुकूल वातावरण बन्नेछ। पुरानो अनुभवले नयाँ चुनौती पार गर्न मद्दत गर्नेछ। आफूमाथि गरिएको विश्वास कायम राख्न सक्नुभयो भने सम्मान अझ बढ्नेछ। तपाईंले गरेको एउटा सही निर्णयले भविष्यका धेरै ढोका खोल्न सक्छ। यो महिना भगवान् शनिदेवको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

कुम्भ राशिहरूको लागि यो वर्ष सामान्य रहनेछ। पञ्चमेेश बृहस्पति शुभ फलदायी रहनेछन्। नोकरी पेसामा उन्नति हुनेछ। गुरुको अनुकूल प्रभावले धर्मकर्ममा धेरै समय व्यतीत हुनेछ। मठ मन्दिर वा धार्मिक यात्राका योग छन्। शनि राहु केतुको प्रतिकूल प्रभावले मनमा शंकास्पद स्थिति उत्पन्न हुनेछ। वैशाख : धन प्राप्ति जेठ : मानहानी असार : यात्रामा धन खर्च साउन : धन प्राप्ति भदौ : यात्रा तथा खर्चमा वृद्धि असोज : स्वास्थ्य समस्या कार्तिक : मानहानि र स्थान नाश मङ्सिर : श्रीप्राप्ति पुस : श्रीप्राप्ति माघ : फागुन : चैत : व्यापारमा हानि नोक्सानी कार्यक्षेत्र व्यापार व्यवसायमा बृहस्पतिको अनुकूल प्रभावले नयाँ कार्यतर्फ प्रेरित गर्नेछ। विकासका नयाँ बाटोहरू खुल्नेछन्। धन सञ्चयको दृष्टिले समय सामान्य रहनेछ धेरै धनसञ्चन गर्न नसकिएला। कार्यक्षेत्रमा आफ्नो नयाँ स्टार्टअप प्रारम्भ गर्न सक्नुहुनेछ। उद्योगमा लाभ रहनेछ। पार्टनरशिप व्यापारको लागि यो वर्ष त्यति अनुकूल नहोला सावधान भएर निर्णय लिनुहोला। प्रेम सम्बन्ध पारिवारिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ। आफन्तहरूले मांगलिक कार्यमा सकारात्मक सहयोग दिनेछन्। साना भाइ बहिनीहरूसँग सानो तिनो कुरामा वाद विवाद बढ्नेछ। समय समयमा इष्टमित्रहरूको पूर्ण सहयोग मिल्नेछ। दाम्पत्य जीवन सामान्य रहनेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहनेछ। शारीरिक स्वास्थ्यभन्दा मानसिक स्वास्थ्यमा ध्यान राख्नुपर्ने हुन्छ। नियमित जाँच वा स्वस्थ जीवनशैली हजुरको लागि अनुकूल रहनेछ। शिक्षा शिक्षाको क्षेत्रमा कठोर चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। शिक्षाको क्षेत्रमा मेहनत अनुरुप सफलता मिल्नेछ। सफलता पाउनलाई शिक्षक वा गुरुजनहरूको सम्मान गर्नुहोस्। विद्यार्थीहरूको वाक्चातूर्यतामा वृद्धि हुनेछ। शुभ रंग सुन्तला, नीलो, बैजनी र खैरो शुभ अंक ३, ५ र ९ शुभ बार बुधबार, शुक्रबार र शनिबार शुभ महिना वैशाख, साउन र पुष उपाय वर्षभरी गाईको सेवा गरी भाग्य उदय हुनेछ। आफ्नो घरको प्रवेश द्वारको दक्षिण पश्चिम कुनामा मयूरको प्वाख लगाउनुहोस्। आइतबारको दिन भगवान सूर्यलाई जल अर्पण गर्नुहोस् शारीरिक ऊर्जामा वृद्धि हुनेछ। ग्रह शान्ति आदि गरेर शक्तिको आराधना गर्नुहोस्।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij