२०८३ भाद्र ३१ गते बुधवार
दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काममा सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।
भाद्र ३१, २०८३ बुधवार
साहसिक कार्य गर्ने समय रहेको छ। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोलिको विपरीत अर्थ लाग्नेछ। साताको अन्तिममा कार्यक्षेमा नयाँ अवसर हात लाग्नेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ।
भाद्र २१, २०८३ आइतवार
भदौ महिना तपाईंका लागि परिवर्तनको संकेत बोकेर आउने देखिन्छ। धेरै दिनदेखि मनमा राखेको योजना अघि बढाउने समय मिल्नेछ। सबै कुरा एकैपटक गर्न खोज्नु भन्दा प्राथमिकता छुट्याउनु राम्रो हुनेछ। महिनाको सुरुवातमा पुरानो अनुभवले नयाँ निर्णय लिन सजिलो बनाउनेछ। कार्य सुरुवाती चरणमा ढिलाइ भए पनि अन्तिममा राम्रो नतिजा मिल्नेछ। वैदेशिक अध्ययन वा रोजगारीको प्रयासले सकारात्मक मोड लिन सक्छ। व्यापारमा पुराना ग्राहकबाट राम्रो साथ मिल्नेछ। नयाँ साझेदारी गर्दा सबै कुरा बुझेर मात्र अघि बढ्नु उचित हुनेछ। समाजमा तपाईंको विचारको सम्मान हुने योग छ। राजनीति वा नेतृत्वसँग जोडिएको कामले राम्रो छवि बनाउन सहयोग गर्नेछ। लेखन र छापाखाना सम्बन्धित कार्यगर्ने व्यक्तिले नयाँ जिम्मेवारी पाउन सक्छन्। कर्जासम्बन्धी काम सहज रूपमा अघि बढ्नेछ। पारिवारिक यात्राको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक हुनेछ। खुलेर गरेको संवाद उपयोगी बन्नेछ। स्वास्थ्यमा थकान र निद्राको कमीलाई बेवास्ता नगर्नुहोस्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफूले दिएको वचन पूरा गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ। यो महिना भगवान् भैरवको आराधना शुभ रहनेछ।
भाद्र १, २०८३ सोमवार
बृश्चिक राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिएको छ । बृहस्पति, शनि र राहुको प्रतिकूलताले कार्यक्षेत्रमा समस्या, राज्यबाट समस्या र भोगविलासिता र बाहन सुखमा कमी हुनेछ। बोलीमा कठोरता र सन्तानमा समस्या देखिन सक्छ। अज्ञात भय र मनमा चिन्ताको योग रहेको छ । शनिको अढैया दशा सकिएकाले रोग तथा आलस्य हराएतापनि पाँचौं शनि र चौथो राहुले मातृ तथा गृह सुखमा कमी ल्याउनुका साथै नोकरीमा सम्मान नमिल्न सक्छ। पारिवारिक विषयवस्तुमा केही समस्याहरू रहेका छन् त्यसर्थ सावधान रहनुहोला। आमा र बुवासंगको सम्बन्धको कुराकानीमा पनि सचेत रहनुपर्ने आवश्यकता रहेको देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी जनहरूको सल्लाह अवश्य लिनुहोला। वैशाख : शत्रुमाथि विजय जेठ : यात्रा र खर्चमा वृद्धि असार : स्वास्थ्यमा कमजोरी साउन : पाप र मानहानी भदौ : अधुरा काम पूरा हुने र सुखमा वृद्धि असोज : धन प्राप्ति कार्तिक : आकस्मिक धननाश यात्राको योग मङ्सिर : स्थान परिवर्तन पुस : हानि नोक्सानी माघ : अचानक धनलाभ फागुन : स्वास्थ्य कमजोर चैत : आर्थिक संकट कार्यक्षेत्र नोकरी वा पेसा हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिन्छ तर यदि तपाईं व्यापार व्यवसायमा हुनुहुन्छ भने विशेष लाभका स्थितिहरू रहनेछन् । व्यापारमा प्रगति, उन्नतिका र नयाँ अवसर पनि प्राप्त गर्न सक्नुहुने छ। कुनै पनि नयाँ व्यापार प्रारम्भ गर्न चाहनुहुन्छ भने भाग्यले राम्रो साथ दिनेछ। आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछन् तर खर्चमा पनि वृद्धि हुने छ। प्रेम सम्बन्ध पञ्चमका शनि भएको कारणले गर्दा प्रेम सम्बन्धमा उतार चढाव देखिन सक्छ। कसैमाथि पनि छिट्टै विश्वास गरिहाल्नु तपाईको लागि हानिकारक हुन सक्छ। आफन्तजनहरुसँग पनि सानो तीनों विषयवस्तुलाई लिएर विवादहरू उत्पन्न हुने सम्भावना रहेको छ। साझेदारी व्यापारमा र दाम्पत्य जीवनमा सुमधुर स्थिति रहेको देखिएको छ। स्वास्थ्य पारिवारिक स्वास्थ्यमा सामान्य समस्या रहेको देखिएको छ । घरपरिवार वा आफन्तजनहरूको स्वास्थ्यलाई लिएर सचेत रहनुपर्ने हुन्छ । शिक्षा विद्यार्थी वर्गमा पर्नुहुन्छ भने यो वर्ष तपाईंको लागि अति नै उपयुक्त र राम्रो रहेको देखिएको छ । आलसलाई चै परित्याग गरेर अगाडि बढ्नुभयो भने सफलताका योगहरू रहेका छन्। इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूको लागि विशेष राम्रो अवसर प्राप्त हुनेछ। कुनै प्रकारका मुद्दा मामिला रहेका छन् भने आफै अगाडि बढेर सुल्झ्याउन सक्नुहुनेछ। वैदेशिक रोजगारको लागि वर्षको प्रारम्भको समय अति नै उपयुक्त र हाम्रो रहेको देखिएको छ तर मध्य समय र वर्षको अन्त्य समयमा केही समस्याहरूको यहाँले सामना गर्नुपर्ने हुन्छ । शुभ रंग कलेजी,रातो र खैरो शुभ अंक १,२,५ र ९ शुभ बार आइतबार, मंगलबार र बिहीबार शुभ महिना वैशाख भदौं र माघ उपाय मंगलवारको दिन गणेशजीलाई दुवो अर्पण गर्नुहोस् र वर्षभरि नै हनुमानजीको विशेष आराधना गर्नुहोस्। कसैलाई रातो कपडा दान गर्दा पनि राम्रो हुने छ।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij