२०८२ भाद्र १६ गते सोमवार
पेशा र काममा सफलता मिल्नेछ। मन उत्साहित रहनेछ।
भाद्र १६, २०८२ सोमवार
साताको प्रारम्भमा परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साताको मध्यमा सामाजिक समस्या सुल्झाउनमा सफल भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको अन्तिममा उत्तेजनामा आएर कुनै निर्णय नलिनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सिन्दुरी हो भने शुभ अंक १ र ५ रहेको छ।
भाद्र १५, २०८२ आइतवार
यो महिना हजुरको लागि उत्तम रहनेछ। लग्नमा सूर्यको गोचरले आत्मविश्वासमा वृद्धि हुनेछ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। व्यवहारमा अहंकारता झल्किन सक्छ सचेत रहनुहोस्। दाम्पत्य जीवनमा समझदारीको आवश्यकता रहेको छ। आपसी मनमुटाब रहन सक्छ। महिनाको मध्यदेखि विद्यार्थीहरूलाई पठनपाठनमा विशेष सफलता मिल्नेछ। मंगलको दोस्रो भावमा गोचरले गर्दा खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। द्वादश भावको शुक्रले आर्थिक पक्षलाई बलियो बनाउनेछ। विलासताको वस्तुमा अनावश्यक खर्च हुनेछ अष्टमस्त शनिले गर्दा गुप्त विद्या मा सफलता प्राप्त हुनेछ। एकादश भावका गुरुले प्रेम सम्बन्धमा नयाँ अवसरहरू प्रदान गर्नेछन्। आयआर्जनका नयाँ अवसरहरू प्रशस्त हुनेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।
भाद्र १, २०८२ आइतवार
सिंह राशिको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा आरोप लाग्न सक्ला। एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ। घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ। अधिकारी वर्गहरुबाट मानसम्मान पाइएला। ठेकापट्टाको कार्यबाट पनि लाभआर्जन गर्न सकिनेछ। सवारी साधन चलाउनुहुन्छ भने स्यानातिना दुर्घटनाका योगहरू पनि बन्न सक्छन् त्यसर्थ सावधान रहनुहोस्। मनमा एक प्रकारको अज्ञात भयले सताउन सक्छ । जीवनशैलीमा परिवर्तन लिएर आउँदा तपाईको व्यक्तिगत लाभका स्थितिहरू रहेकाछन्। भाग्यले राम्रो साथ दिनेछ। पुरुषार्थको क्षेत्रलाई अझै सक्रिय गर्नुपर्यो। वैशाख : स्वास्थ्य सम्बन्धी समस्या जेठ : सुखलाभ असार : आकस्मिक रूपमा धन र वाहनको लाभ साउन : अनावश्यक खर्च भदौ : स्थान परिवर्तन असोज : यात्रा कार्तिक : धनलाभ र सुख प्राप्ति मङ्सिर : आर्थिक संकट पुस : स्वास्थ्यमा समस्या माघ : शत्रुनास फागुन : लामो यात्रा र खर्चमा वृद्धि चैत : पारिवारमा स्वास्थ्य सम्बन्धी समस्या र चिन्ता कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहनेछ। इलेक्ट्रोनिक कृषि वा आयुर्वेदिक औषधि पसल आदिको व्यापार लाभदायी रहनेछ्। खाद्य पदार्थ आदिको पनि व्यापार लाभदायी रहनेछ। सामाजिक वा राजनैतिक क्षेत्रमा मानसम्मान र पद प्रतिष्ठामा वृद्धिका योगहरू रहेकाछन् तर साथै आरोप र प्रत्यारोप लाग्ने सम्भावनाहरू पनि रहन सक्छ। प्रेम सम्बन्ध आफन्तहरूको साथमा बैरभाव बढ्नेछ। युवा वर्गलाई नयाँ प्रेम सम्बन्ध स्थापित गर्नमा गाह्रो हुनेछ। दाम्पत्य जीवनमा पनि मतभेद बढ्नेछ। टाढिएका मित्रहरु सँग भेटघाट हुने सम्भावना छ। शिक्षा पढाइ लेखाइलाई लिएर वैदेशिक यात्राका योग छन्। धार्मिक वा आध्यात्मिक शिक्षा लाभदायी रहनेछ। विद्यार्थीहरूमा नयाँ भाषा सिक्ने जोश र जाँगर रहनेछ। सामाजिक सञ्जालको शिक्षा लाभदायी रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिले यो वर्ष हजुरलाई उत्तम रहनेछ। पुरानो समस्याहरूबाट छुटकारा मिल्नेछ। सानोतिनो चोटपटकको भय रहनेछ। नियमित व्यायाम स्वास्थ्यको लागि लाभकारी रहनेछ। शुभ रंग रातो, सुनौलो र पहेलो शुभ अंक १, ७ र ९ शुभ बार आइतबार, मंगलबार र विहीबार शुभ महिना जेठ, असार, कातिक र माघ उपाय वृद्धहरूलाई सहयोग गर्ने साथै भगवान सूर्यलाई अर्ग दिने, गायत्री मन्त्रको जप गरेर आफ्नो भाग्यमा वृद्धि गर्न सक्नुहुनेछ। शनि ग्रहको विशेष शान्ति गर्नुहोला।
जेठ १, २०८२ बिहिवार
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij