Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज गुम्न लागेको धन हात पर्नेछ । कतैबाट कामको लागि राम्रो अवसर प्राप्त हुनेछ । मन चन्चल हुने भएकाले बिहान उठेर पन्छीलाई दाना दिने वा पिपलको दर्शन गर्नु उपयुक्त हुनेछ। प्रियजनको साथ मिल्नेछ । आफ्नो निर्णय आफै गर्नुहोला।

भाद्र ३१, २०८३ बुधवार

परीक्षामा सफल भइनेछ। साताको मध्यमा जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। साताको अन्त्यमा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। स्वास्थ्यमा कमजोरिले गर्दा कार्यक्षेत्रमा बाधा उत्पन्न हुन सक्छ ।

भाद्र २१, २०८३ आइतवार

महिनाको प्रारम्भमा तपाईंका लागि आफूलाई चिनाउने समय बन्नेछ। धेरै समयदेखि गरेको मेहनतको परिणाम देखिन थाल्नेछ। मनमा केही बेचैनी हुन सक्छ संयमित रहनुहोस्। जीवनसाथीसँग आपसी विश्वास अझ बलियो बन्नेछ। विद्यार्थीले लक्ष्यअनुसार मेहनत गरे राम्रो नतिजा हात पार्न सक्नेछन्। नयाँ सीप सिक्ने अवसर पनि मिल्न सक्छ। स्वास्थ्यमा सामान्य सजगता अपनाए पर्याप्त हुनेछ। पुरानो थकान हट्दै जानेछ। छोटो यात्रा फलदायी बन्न सक्छ। समाजमा तपाईंको मानसम्मान बढ्ने संकेत छ। महिनाको अन्त्यतिर एउटा राम्रो सुरुवातले थप उत्साह दिनेछ। नयाँ जिम्मेवारी आउँदा आत्मविश्वासका साथ अघि बढ्नुहोस्। आफ्नो क्षमता देखाउने अवसर गुम्न नदिनुहोस्। आर्थिक पक्षमा सुधारको संकेत छ। आम्दानी बढाउने नयाँ उपाय पनि भेटिने योग छ। खर्च भने आवश्यक काममै गर्नु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। टाढिएका आफन्तसँग फेरि सम्पर्क हुनेछ। ऋण धन पारिवारिक रुपमा खुलाएर भन्न सकिने समय छ। सदैव सूर्यनारायणको आराधना शुभ रहनेछ।

भाद्र १, २०८३ सोमवार

सिंह राशिको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा आरोप लाग्न सक्ला। एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ। घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ। अधिकारी वर्गहरुबाट मानसम्मान पाइएला। ठेकापट्टाको कार्यबाट पनि लाभआर्जन गर्न सकिनेछ। सवारी साधन चलाउनुहुन्छ भने स्यानातिना दुर्घटनाका योगहरू पनि बन्न सक्छन् त्यसर्थ सावधान रहनुहोस्। मनमा एक प्रकारको अज्ञात भयले सताउन सक्छ । जीवनशैलीमा परिवर्तन लिएर आउँदा तपाईको व्यक्तिगत लाभका स्थितिहरू रहेकाछन्‌। भाग्यले राम्रो साथ दिनेछ। पुरुषार्थको क्षेत्रलाई अझै सक्रिय गर्नुपर्यो। वैशाख : स्वास्थ्य सम्बन्धी समस्या जेठ : सुखलाभ असार : आकस्मिक रूपमा धन र वाहनको लाभ साउन : अनावश्यक खर्च भदौ : स्थान परिवर्तन असोज : यात्रा कार्तिक : धनलाभ र सुख प्राप्ति मङ्सिर : आर्थिक संकट पुस : स्वास्थ्यमा समस्या माघ : शत्रुनास फागुन : लामो यात्रा र खर्चमा वृद्धि चैत : पारिवारमा स्वास्थ्य सम्बन्धी समस्या र चिन्ता कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहनेछ। इलेक्ट्रोनिक कृषि वा आयुर्वेदिक औषधि पसल आदिको व्यापार लाभदायी रहनेछ्। खाद्य पदार्थ आदिको पनि व्यापार लाभदायी रहनेछ। सामाजिक वा राजनैतिक क्षेत्रमा मानसम्मान र पद प्रतिष्ठामा वृद्धिका योगहरू रहेकाछन्‌ तर साथै आरोप र प्रत्यारोप लाग्ने सम्भावनाहरू पनि रहन सक्छ। प्रेम सम्बन्ध आफन्तहरूको साथमा बैरभाव बढ्नेछ। युवा वर्गलाई नयाँ प्रेम सम्बन्ध स्थापित गर्नमा गाह्रो हुनेछ। दाम्पत्य जीवनमा पनि मतभेद बढ्नेछ। टाढिएका मित्रहरु सँग भेटघाट हुने सम्भावना छ। शिक्षा पढाइ लेखाइलाई लिएर वैदेशिक यात्राका योग छन्। धार्मिक वा आध्यात्मिक शिक्षा लाभदायी रहनेछ। विद्यार्थीहरूमा नयाँ भाषा सिक्ने जोश र जाँगर रहनेछ। सामाजिक सञ्जालको शिक्षा लाभदायी रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिले यो वर्ष हजुरलाई उत्तम रहनेछ। पुरानो समस्याहरूबाट छुटकारा मिल्नेछ। सानोतिनो चोटपटकको भय रहनेछ। नियमित व्यायाम स्वास्थ्यको लागि लाभकारी रहनेछ। शुभ रंग रातो, सुनौलो र पहेलो शुभ अंक १, ७ र ९ शुभ बार आइतबार, मंगलबार र विहीबार शुभ महिना जेठ, असार, कातिक र माघ उपाय वृद्धहरूलाई सहयोग गर्ने साथै भगवान सूर्यलाई अर्ग दिने, गायत्री मन्त्रको जप गरेर आफ्नो भाग्यमा वृद्धि गर्न सक्नुहुनेछ। शनि ग्रहको विशेष शान्ति गर्नुहोला।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij