Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

भाद्र ३१, २०८३ बुधवार

व्यापार व्यवसायमा लाभ रहनेछ। साताको मध्यमा बोलिको विपरीत अर्थ लाग्नेछ। भौतिक संसाधन जुटाउन धन खर्च हुनेछ। साताको अन्तिममा धर्म कर्ममा मन जानेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ।

भाद्र २१, २०८३ आइतवार

भदौ महिना तपाईंका लागि मेहनतको प्रतिफल देखिने समय बन्न सक्छ। नयाँ जिम्मेवारीले अनुभवसँगै आत्मविश्वास पनि बढाउनेछ। काम गर्ने शैलीले राम्रो चर्चा पाउन सक्नुहुन्छ। पुरानो प्रयासको नतिजा यसै महिनाभित्र देखिन सक्छ। आफ्नो योजना समयमै अघि बढाउनु राम्रो हुनेछ। अनावश्यक हतारले भने सानो गल्ती गराउन सक्छ। आर्थिक पक्ष सन्तुलित रहने देखिन्छ। आम्दानीसँगै बचतमा पनि ध्यान दिन सक्नुभयो भने भविष्यमा सहज हुनेछ। घर मर्मत वा आवश्यक सामान खरिद गर्ने सोच बन्न सक्छ। अनुभवी व्यक्तिको सुझावले महत्त्वपूर्ण निर्णय लिन सजिलो हुनेछ। अधुरा कागजी काम टुङ्ग्याउने अवसर मिल्नेछ। कामका सिलसिलामा नयाँ व्यक्तिसँग चिनजान बढ्न सक्छ। सानो अवसरलाई बेवास्ता नगर्नुहोस् पछि त्यसैबाट ठूलो फाइदा मिल्न सक्छ। अरूको सफलतासँग आफूलाई तुलना गर्नु भन्दा आफ्नै लक्ष्यमा केन्द्रित रहनु राम्रो हुनेछ। समयको सही उपयोगले धेरै काम सहज रूपमा पूरा हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको व्यवहारको प्रशंसा हुन सक्छ। आफ्नो निर्णयमा विश्वास राख्नुभयो भने अपेक्षाभन्दा राम्रो उपलब्धि हात पार्न सक्नुहुनेछ। यो महिनाभरी हनुमानजीको आराधना गरेर दिनको शुरूवात गर्नुहोस्।

भाद्र १, २०८३ सोमवार

मकर राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ। यो वर्ष बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ। संयमित भएर कार्य गर्दा मानसम्मान बढ्नेछ। शनिको अनुकूल प्रभाव सरकारी कार्यक्षेत्रमा पदोन्नतिका योग लिएर आउला। धन स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ। वैशाख : मनोबलमा कमी जेठ : हीनता असार : शत्रु पराजय साउन : यात्रा भदौ : कष्ट र परिश्रम असोज : कान्तिक्षय कार्तिक : धननास मङ्सिर : कार्यसिद्धी पुस : धननास र पीडा माघ : स्थान परिवर्तन फागुन : हानी नोक्सानी चैत : स्वास्थ्य लाभ कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष लाभदायी रहनेछ। शनिगत व्यापार जस्तै हार्डवेयर सम्बन्धी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभका विभिन्न मार्गहरू खुल्नेछन्। नोकरी वा पेशाक्षेत्रमा धेरै जिम्मेवारी प्राप्त होला। सामाजिक कार्यमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा स्थान परिवर्तनका योग छन्। प्रेम सम्बन्ध कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। शनिको अनुकूल प्रभावले बिगरिएका सम्बन्ध बन्नेछन्। नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्ला। बृहस्पतिको अनुकुल प्रभावले केही अप्ठ्यारा परिस्थितिहरू उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा सानातिना प्रतिकूल स्थिति उत्पन्न हुनेछन। स्वास्थ्य स्वास्थ्य सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा बृहस्पतिको प्रतिकूल प्रभावले पेटसम्बन्धी समस्याले सताउनेछ। नशा सम्बन्धी वा हड्डी सम्बन्धी पुरानो समस्यामा कमी आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भगवान सूर्यलाई अर्ग दिनुहोस्। शिक्षा यो वर्ष शिक्षाको लागि सफल र फलदायी समय रहनेछ। टेक्नोलाँजी सम्बन्धी शिक्षा फलदायी रहनेछ। साहित्य वा कला र शिक्षणको क्षेत्रमा सफलता मिल्नेछ। पढाइ लेखाइको लागि विदेशतिर जाने योगमा बाधा आउन सक्ला। शुभ रंग कालो, नीलो, बैजनी र खैरो शुभ अंक ३, ६, र ९ शुभ बार बुधबार, शुक्रबार र शनिबार शुभ महिना कार्तिक, पुष र चैत उपाय ग्रह शान्ति आदि गरेर भगवान विष्णुको उपासना र देवीको उपासना गरेर वर्षभरि मान प्रतिष्ठा बढाउन सक्नुहुनेछ। बृहस्पति र राहुको शान्तिको लागि पीपलको पूजा गर्नुहोस्।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij