Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

गगन थापा : पार्टीभित्रको विवाद कार्पेटमुनि लुकाएर राख्ने विषय होइन

गगन थापा : पार्टीभित्रको विवाद कार्पेटमुनि लुकाएर राख्ने विषय होइन


  • 183
    Shares

    • images
    गगन थापा : पार्टीभित्रको विवाद कार्पेटमुनि लुकाएर राख्ने विषय होइन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र केही विवाद रहेको र त्यसलाई कार्पेटमुनि राखेर लुकाउने विषय नभएको बताएका छन्। 

    पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले महाधिवेशनमा सहभागी नभएका र सिनियर नेताहरूसँग छलफल गर्न आफूलाई कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारेका हुन्।

    बैठकमा सभापति थापाले आफूहरू प्रश्न गरेर र लडेर आएको बताउँदै आफ्नै पार्टीको प्रधानमन्त्री हुँदा समेत प्रश्न गरेको स्मरण गराएका छन्। विशेष महाधिवेशनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालासँग पटक–पटक छलफल गरेको उनले उल्लेख गरेका छन्।

    पार्टी विवादमा सर्वोच्च अदालतले निस्सा दिएको प्रसङ्ग उठाउँदै थापाले निवेदन कसले दियो भन्ने विषय खोजिएको बताए। उनले भने, ‘पार्टी मिलाउन अहिले पनि प्रयास गरेको छैन। अहिले महाधिवेशनमा सहभागी नभएका साथीहरूको पनि नेपाली कांग्रेस हो। उहाँहरूसँग छलफल गर्न तयार छौँ। हामीभन्दा सिनियर नेताहरूसँग छलफल गर्न जान मलाई अप्ठ्यारो छैन।’

    त्यसैगरी, पार्टीभित्रका आलोचकहरूप्रति टिप्पणी गर्दै सभापति थापाले पार्टीभित्र केही ‘जोकर र नमुना’ रहेको र तिनलाई आफूहरूले चिनेकै रहेको बताए। ‘मेरो निन्दा गरेर उसको घरधन्दा चलेको छ भने चल्न दिऊँ,’ उनले भने।

     

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १५:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij