२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ।
अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापाले दिएको जानकारीअनुसार अधिवेशनले आजै नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ।
अधिवेशनका लागि पार्टीले खटाएको केन्द्रीय निर्वाचन टोली पनि भालुवाङ आइपुगेको छ। नेताहरूले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् र आज साँझसम्म नेतृत्व चयनको प्रक्रिया पूरा हुने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij