२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मोरङ, पर्सा, सिन्धुली, चितवन, गोरखा, रुपन्देही र बर्दियामा भएका दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो।
यसैगरी, दुर्घटनामा परी काठमाडौं उपत्यकामा ११ जना घाइते भएका छन्। बागमती प्रदेशका अन्य जिल्लामा ४ जना, गण्डकीमा ७ जना, कर्णालीमा ५ जना, सुदूरपश्चिममा ६ जना, लुम्बिनीमा ३२ जना, मधेसमा ५२ जना र कोसी प्रदेशमा ३२ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी घाइते मधेस प्रदेशमा भएका छन्। पछिल्लो तथ्यांकले सडक दुर्घटनाको जोखिम र सवारी सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij