२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन् ।
सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताएका छन्। उनले त्यसबाट आफू नडराउने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिएका छन्। राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दे उनले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताएका छन् ।
उनले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताएका छन् । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उनको भनाई छ । उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।
उनले भने, क्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij