२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । विभिन्न ९ वटा दल मिलेर बनेको अग्रगामी मोर्चाले घोषणा गर्ने भनिएको आन्दोलनका कार्यक्रम पछि सरेको छ ।
मङ्सिर १० गते टुँडिखेलबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने मोर्चाको तयारी थियो । तर टुँडिखेल नपाएपछि घोषणा कार्यक्रम केही समयका लागि सरेको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताए ।
भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न दिइरहेको छैन । अब माइतीघरबाटै आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ । माइतीघरमा कहिले कार्यक्रम गर्ने भन्नेबारे मोर्चाले मङ्सिर १५ गते बैठक बोलाएको छ । सो बैठकले निर्णय गरेर माइतीघरबाट आन्दोलनको घोषणा गर्ने तयारीमा मोर्चा जुटेको छ ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी मिलेर बनेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij