Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

निर्वाचन आयोगमा जुटे दलका शीर्ष नेता, ओली भने बाहिरिए

निर्वाचन आयोगमा जुटे दलका शीर्ष नेता, ओली भने बाहिरिए


  • 330
    Shares

    • images
    निर्वाचन आयोगमा जुटे दलका शीर्ष नेता, ओली भने बाहिरिए

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका नेताहरूसँग छलफल सुरु भएको छ।

    आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको मिति, तयारी तथा व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ।

    बैठकमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन आयोग पुगेका थिए। तर, उनी बैठक नसकिँदै बाहिरिएका छन्।

    ओली बाहिरिएपछि एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल बैठकमा सहभागी हुनेछन्।

    निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने विषयमा दलहरूको धारणा बुझ्न आयोगले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको हो।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १२:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij