२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ ।
आज १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ तथा व्यापार ०.९७ प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.१८ र अन्य ०.३९ प्रतिशत घटे ।
एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढ्यो । माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९, स्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत मूल्य बढ्यो ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज क्यापिटलको २२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij