Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

घट्यो तिहारपछिको शेयर बजार

घट्यो तिहारपछिको शेयर बजार


  • 351
    Shares

    • images
    घट्यो तिहारपछिको शेयर बजार

    काठमाडौं । तिहारपछिको पहिलोे कारोबारको दिन शुक्रबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ४४ अंकले घटेर २,६४८ को विन्दुमा कायम भएको छ । 

    आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३५ कम्पनीको ८७ करोड ४४ लाख २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।

    धेरैजसो समूहगत सूचक घटेको छ । बैंकिङ ०.२३, फाइनान्स ०.४७, लगानी ०.२२, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.७९, माइक्रोफाइनान्स ०.४३, तथा अन्य ०.९४ प्रतिशत घटेको छ । निर्जीवन बीमा ०.३३, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.२७ तथा विकास बैंक ०.०४ प्रतिशत बढेको छ ।

    स्वेत गंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशत बढेको छ । सामलिङ पावरको ५.८७, एसियन हाइड्रोपावरको ५.२६, बेनी हाइड्रोपावरको ३.९३, सोपान फर्मास्युटिकल्सको ३.४५ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्वेत गंगा हाइड्रोको १६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १५:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij