Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

भीमफेदी दुर्घटना : ७ दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि शव परीक्षण गर्न आफन्त तयार

भीमफेदी दुर्घटना : ७ दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि शव परीक्षण गर्न आफन्त तयार


  • 295
    Shares

    • images
    भीमफेदी दुर्घटना : ७ दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि शव परीक्षण गर्न आफन्त तयार

    काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिलगायत माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने सर्तसहित शव परीक्षण गर्न सहमति जनाएका छन्।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि मृतकका आफन्त शव परीक्षणका लागि तयार भएका हुन्।

    मृतकका परिवारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति, दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था र परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

    मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादवका अनुसार मृतक पक्षका माग छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर सम्बोधनका लागि पहल गर्ने आश्वासनपछि सहमति जुटेको हो।

    यसअघि क्षतिपूर्तिलगायत माग पूरा नभएसम्म शव परीक्षण तथा शव बुझ्ने प्रक्रिया अघि बढाउन आफन्तले असहमति जनाएका थिए। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव परिवारले बुझिसकेको थियो भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो।

    गत बिहीबार भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए।

    दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १५:४९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij