२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्णलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij