२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा १९ दिन सार्वजनिक बिदा परेको छ। दसैं, तिहारलगायतका प्रमुख चाडपर्व र सरकारले थप गरेको सार्वजनिक बिदाका कारण एकै महिनामा यति धेरै बिदा परेको हो।
सरकारले कात्तिक ३० गते सोमबार थप सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस महिनाको सार्वजनिक बिदा १९ दिन पुगेको हो। चाडपर्व तथा अन्य सार्वजनिक बिदा जोड्दा कात्तिक महिनामा सरकारी कार्यालय ११ दिन मात्रै सञ्चालनमा आएका छन्।
एकै महिनामा लामो समय सार्वजनिक बिदा हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका नियमित कामकाज प्रभावित हुने देखिएको छ। विशेषगरी सरकारी सेवा प्रवाह, प्रशासनिक काम तथा सेवाग्राहीका दैनिक कार्यमा यसको प्रभाव पर्ने देखिन्छ।
यद्यपि, लामो बिदाले सर्वसाधारणलाई चाडपर्व मनाउन, परिवार तथा आफन्तसँग भेटघाट गर्न र घुमघामका लागि पर्याप्त समय उपलब्ध गराएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij