२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ६४ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ ।
आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३६ कम्पनीको १ करोड ७ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
समूहगत सूचकको वृद्धि १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार ०.०८ प्रतिशत बढे । अन्य समूह ०.८८ प्रतिशत घट्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशत बढ्यो । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८, माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशत मूल्य बढ्यो ।
आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्वेत गंगाको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मीलसको ११ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij