Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

नेप्सेको सीईओमा प्रताव सुवेदीले गरे पदबहाली

नेप्सेको सीईओमा प्रताव सुवेदीले गरे पदबहाली


  • 71
    Shares

    नेप्सेको सीईओमा प्रताव सुवेदीले गरे पदबहाली
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताव सुवेदीले शुक्रबारदेखि पदबहाली गरेका छन्।

    नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार सीईओमा नियुक्त भएका सुवेदीले नेप्से सञ्चालक समितिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन्।

    पदबहालीपछि नेप्सेमा कार्यरत कर्मचारीहरूसँग आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा नवनियुक्त सीईओ सुवेदीले पुँजीबजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, कारोबार सदस्यलगायत सरोकारवालासँग कार्यशील सम्बन्ध स्थापित गरी मुलुकको आवश्यकताअनुसार पुँजीबजारलाई अघि बढाउने बताए।   

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १४:४६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij