Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा


  • 155
    Shares

    • images
    काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

    काठमाडौं । काठमाडौं गोर्खाजलाई रोमाञ्चक खेलमा ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो। सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिम १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

    सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको प्लेअफमा पुग्ने टोली बनेको छ। उता, सुदूरपश्चिमसँगको हारपछि काठमाडौंको प्लेअफ यात्रा भने अनिश्चित बनेको छ। काठमाडौंले अब आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

    सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए भने दुसान हेमान्थाले २१ रनको योगदान दिए।

    अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक भए पनि काठमाडौंले आठ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने हेमन्त धामी, स्कट कुग्लेजिन र फाबियन एलेनले समान एक विकेट हात पारे।

    त्यसअघि टस जितेर फिल्डिङ रोजेको काठमाडौंविरुद्ध ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।

    सुरुवातमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै सम्हाले। उनले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाए। आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरेका दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि पनि ५४ रन जोडे।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १६:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij