२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ ।
आज ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज माइक्रोफाइनान्स समूह बढे पनि बाँकी सबै राताम्य छन्। आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij