२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । डाँका चोरी मुद्दामा ७ वर्ष जेल सजाय काटेर निस्केका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जनालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बिहीबार काठमाडौँबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ वर्षीय युवराज भण्डारी, ३३ वर्षीय कौशल कुमार राय र गोपाल साह छन् ।
ब्यूरोको टोलीले आरोपीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, २ लाख ५० हजार रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट सुरुमा युवराज भण्डारीलाई पक्राउ गरिएको ब्यूरोका एसपी दुर्गा रेग्मीले बताए । उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र २ लाख ५० हजार भेटिएको थियो ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij