Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

नेप्से सामान्य बढ्दा कारोबार भने घट्यो

नेप्से सामान्य बढ्दा कारोबार भने घट्यो


  • 92
    Shares

    नेप्से सामान्य बढ्दा कारोबार भने घट्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो।

    बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा समूह घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १।०७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०।६ प्रतिशतको गिरावट देखिएको छ।

    आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने १२२ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर बनेको छ।

    त्यस्तै बैंकिङ ०.५२, विकास बैंक ०.०६, जलविद्युत् ०.३१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.१० तथा व्यापार ०.१५ प्रतिशत बढे । फाइनान्स ०.०१, लगानी ०.०४, उत्पादन तथा प्रशोधन ०.०६ र अन्य ०.०२ प्रतिशत घटे ।

    शिखर पावरको मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ५.८०, त्रिशूली जलविद्युतको ३.७७, एनआईसी एसिया बैंकको ३.२३, सानीगढ हाइड्रोको ३.०७ प्रतिशत मूल्य बढ्यो ।  

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १५:२०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij