२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । सिंहदरबार परिसरभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन्।
शुक्रबार सिंहदरबारभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको हो। ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको गाडीले सांसद गैरेलाई ठक्कर दिएको थियो।
उक्त गाडी पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरिएको छ। यद्यपि, गाडीको स्वामित्व र घटनाबारे थप बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन्।
गाडीको ठक्करबाट सांसद गैरे सामान्य घाइते भएकी छन्। उनलाई ठक्कर दिने गाडीमै राखेर उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।
गैरे नेकपाबाट राष्ट्रिय सभा सदस्य हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij