२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ४० अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै व्यापार १.११, जीवन बीमा ०.१० प्रतिशत बढे । बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० तथा निर्जीवन बीमा ०.१३ प्रतिशत घटे ।
दुई पुनर्बीमाका अलवा स्वेत गंगा हाइड्रोको ८.६५, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत मूल्य बढ्यो ।
आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij