Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

प्रेस काउन्सिल अध्यादेश रोक्न पत्रकार महासङ्घको राष्ट्रपतिसमक्ष आग्रह

प्रेस काउन्सिल अध्यादेश रोक्न पत्रकार महासङ्घको राष्ट्रपतिसमक्ष आग्रह


  • 295
    Shares

    प्रेस काउन्सिल अध्यादेश रोक्न पत्रकार महासङ्घको राष्ट्रपतिसमक्ष आग्रह
    images

    काठमाडौं ।  नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

    महासङ्घका अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानबारे आफ्नो ध्यानाकर्षण गराएको हो।

    भेटका क्रममा प्रतिनिधिमण्डलले अध्यादेशमा समावेश गरिएका विभिन्न प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने सम्भावित प्रभावबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।

    महासङ्घले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिताको संरक्षणलाई ध्यानमा राख्दै उक्त अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको जनाएको छ।

    पत्रकार महासङ्घले सञ्चार क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्था संशोधन गर्दा पत्रकारिता क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको विषयसमेत उठाएको छ।

    अध्यादेशका प्रावधानले प्रेस स्वतन्त्रतामा पार्न सक्ने प्रभावलाई गम्भीरतापूर्वक विचार गरी आवश्यक निर्णय लिन महासङ्घले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १५:३८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij