Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

‘एउटा चुनाव जित्दैमा आकाशबाट खसेका होइनौँ, भुइँ नछोडौँ’ : रवि लामिछाने

‘एउटा चुनाव जित्दैमा आकाशबाट खसेका होइनौँ, भुइँ नछोडौँ’ : रवि लामिछाने


  • 281
    Shares

    ‘एउटा चुनाव जित्दैमा आकाशबाट खसेका होइनौँ, भुइँ नछोडौँ’ : रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसहित पार्टीका नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरेका छन्।

    शुक्रबार गृह जिल्ला चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको ठूलो जनमतको सम्मान गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताएका हुन्।

    निर्वाचनमा १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता–कार्यकर्तामा अहंकार बढेको टिप्पणी गर्दै उनले आफूहरू जनताको विश्वासअनुसार खरो उत्रिन नसकेको स्वीकार गरे।

    ‘हामी खरो उत्रिएका छौँ? जनताले १८२ सिट दिएका छन्, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ उनले भने, ‘माथिदेखि तलसम्म हामी यति मातिएका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’

    लामिछानेले समाजले पार्टीको व्यवहार, गतिविधि र कार्यशैलीमाथि गर्ने विश्लेषणलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। आलोचना गर्ने समाजमाथि नै आक्रामक हुनु गलत राजनीतिक चरित्र भएको उनको भनाइ छ।

    ‘समाजले हामीलाई ऐना देखाएको छ। ऐना देखाउनेतिर झम्टिने! त्यो राजनीतिक चरित्र होइन,’ उनले भने।

    विगतमा रास्वपामा आबद्ध भएका नेता–कार्यकर्ताले तत्कालीन सत्ताबाट प्रताडना भोग्नुपरेको स्मरण गर्दै लामिछानेले त्यसको बदला लिन अहिले प्रशासन र प्रहरीको दुरुपयोग गर्न नहुने स्पष्ट पारे।

    राज्यका निकायलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने उल्लेख गर्दै उनले पार्टीका नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।

    लामिछानेले निर्वाचन जित्दैमा आफूहरू अरूभन्दा फरक वा विशेष व्यक्ति नभएको बताए। जनताकै बीचबाट निर्वाचित भएकाले जनताप्रति सधैँ उत्तरदायी रहनुपर्ने उनको भनाइ थियो।

    ‘हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन। कुनै हालतमा तपाईंले भुइँ छोड्नु हुँदैन। हामीले एउटा चुनाव जितेका हौँ। कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ,’ उनले भने।

    लामिछानेले जनताको विश्वास कायम राख्न पार्टीका सबै तहका नेता–कार्यकर्ताले अहंकार त्याग्दै उच्च राजनीतिक संस्कार, विनम्रता र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १५:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij