Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

सलमानकै अगाडि परे उनका ‘युवा रूप’ सुफयान, अनुहार देखेर फ्यान चकित

सलमानकै अगाडि परे उनका ‘युवा रूप’ सुफयान, अनुहार देखेर फ्यान चकित


  • 267
    Shares

    सलमानकै अगाडि परे उनका ‘युवा रूप’ सुफयान, अनुहार देखेर फ्यान चकित
    images

    काठमाडौं । बलिउड अभिनेता सलमान खानसँग अनुहार, हेयरस्टाइल र शारीरिक बनोट मिलेको भन्दै निर्माता साजिद नाडियाडवालाका कान्छा छोरा सुफयान नाडियाडवाला भारतीय सामाजिक सञ्जालमा चर्चामा आएका छन्।

    सुफयानका पछिल्ला तस्बिर तथा भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सलमान खानको युवा अवस्थासँग तुलना गरेका छन्। कतिपयले उनलाई ‘सलमानको यंगर भर्सन’ भन्दै टिप्पणी गरेका छन्। अनुहारको बनोट, कपालको शैली, शरीरको बनोट र हाउभाउमा समेत समानता देखिएको भन्दै उनका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन्।

    सुफयान र सलमानबीचको समानताको चर्चा भने यसअघि पनि भएको थियो। अप्रिल २०२६ मा सुफयानको एउटा भिडियो भाइरल हुँदा उनलाई ‘९० को दशकका सलमान खान’ र ‘सलमानको युवा रूप’ भन्दै तुलना गरिएको थियो। अहिले उनी स्वयं सलमान खानसँग एउटै कार्यक्रममा देखिएपछि यो विषयले थप चर्चा पाएको हो।

    हालै मुम्बईमा आयोजित ‘प्रेम कीटाणु’को स्क्रिनिङमा सुफयान आफ्ना बुबा साजिद र आमा वर्धासँग पुगेका थिए। त्यहाँ उनको भेट सलमान खानसँग भएको थियो। दुवैलाई एउटै स्थानमा देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको अनुहारको समानतालाई लिएर विभिन्न प्रतिक्रिया दिएका छन्।

    सुफयानका पिता साजिद नाडियाडवाला बलिउडका चर्चित निर्माता हुन्। ‘किक’, ‘बागी’ र ‘हाउसफुल’ जस्ता सफल फिल्मसँग उनको नाम जोडिएको छ। उनका दाजु सुभान नाडियाडवाला पनि अभिनय क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन्। सुफयान भने हालै फिल्म क्षेत्रमा प्रवेश गर्ने योजनामा नरहेको बताइएको छ।

    सलमान र साजिदबीच लामो समयदेखिको पारिवारिक तथा व्यावसायिक सम्बन्ध छ। यही कारण साजिदका छोराको अनुहार सलमानसँग मिलेको विषयले बलिउड प्रशंसकको ध्यान थप खिचेको छ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १७:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij