Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

फिल्म ‘छ माया छपक्कै’ २, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को कमाइ कति ?

फिल्म ‘छ माया छपक्कै’ २, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को कमाइ कति ?


  • 253
    Shares

    • images
    फिल्म ‘छ माया छपक्कै’ २, ‘१२ गाउँ २’  र ‘आ बाट आमा २’ को कमाइ कति ?

    काठमाडौं । दसैँको अवसर पारेर प्रदर्शनमा आएका तीन ठूला नेपाली फिल्ममध्ये बक्स अफिस कमाइमा ‘आ बाट आमा २’ सबैभन्दा अगाडि देखिएको छ। चलचित्र विकास बोर्डले आइतबार राति ११:५९ बजेसम्मको व्यापारलाई आधार बनाएर सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘१२ गाउँ २’ भने सबैभन्दा कमजोर साबित भएको छ। 

    दसैँ लक्षित गर्दै यस पटक यसअघि नै दर्शकमाझ सुपरहिट भइसकेका तीन चर्चित फिल्म ‘१२ गाउँ’, ‘छ माया छपक्कै’ र ‘आ बाट आमा’का सिक्वेल ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ तथा ‘१२ गाउँ २’ एकसाथ प्रदर्शनमा आएका थिए।

    चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार ‘आ बाट आमा २’ ले हालसम्म ६ करोड ९१ लाख ६७ हजार ३१२ रुपैयाँ ग्रस कलेक्सन गर्दै शीर्ष स्थान सुरक्षित गरेको छ। चन्द्र पन्तको निर्माण तथा निर्देशन रहेको यो फिल्मलाई उक्त अवधिसम्म २ लाख ४१ हजार ९६ जना दर्शकले हेरेका छन्। यस फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ तथा ‘गजनी’ फेम्ड भारतीय खलपात्र स्वर्गीय प्रदीप रावतलगायतको अभिनय छ।

    त्यस्तै, व्यापारको हिसाबले ‘छ माया छपक्कै २’ दोस्रो स्थानमा छ। फूलपातीको दिनदेखि प्रदर्शन थालेको यस फिल्मले बक्स अफिसमा ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुति तथा दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्म १ लाख ६ हजार ८८३ जना दर्शकले हेरेका छन्। फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे र निर्मल शर्मा लगायतको अभिनय छ।

    दसैँमा रिलिज भएका फिल्महरूमध्ये व्यवसायका हिसाबले ‘१२ गाउँ २’ भने कमजोर बनेको छ। बक्स अफिसमा सुस्त देखिएको यस फिल्मले हालसम्म २ करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 

    अभिनेता तथा निर्देशक विराज भट्टले निर्देशन गरेको यो फिल्मलाई ७६ हजार ६० जना दर्शकले हेरेका छन्। फिल्ममा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही र वर्षा इटानीलगायतको अभिनय छ।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १५:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij