२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चन काममा फर्किएका छन् । स्वास्थ्यका कारण चिकित्सकको सल्लाहले एक महिनादेखि काम र सामाजिक सञ्जाल दुबैबाट टाढा रहेका बच्चन लोकप्रिय क्विज सो ‘कौन बनेगा करोडपति १८’ को सेटमा फर्किएका हुन् ।
सोको नयाँ प्रोमोमा उनको झलक सार्वजनिक भएको छ, जसमा उनी आफ्ना प्रशंसक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिँदै प्रस्तुत भएका छन् । सोनी टिभीले सामाजिक सञ्जालमा ‘केबीसी १८’ को नयाँ प्रोमो ल्याएको छ ।
बच्चनको स्वास्थ्य खराब भएपछि ‘कौन बनेगा करोडपति १८’ को छायाङ्कन केही समयका लागि रोकिएको थियो । यस अवधिमा टिभीमा सोका पुराना एपिसोडहरू पुनः प्रसारण गरिँदै आएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij