Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

‘रामायण’को बक्स अफिसमा सुनामी, १२०० करोड भारु कमाइ

‘रामायण’को बक्स अफिसमा सुनामी, १२०० करोड भारु कमाइ


  • 288
    Shares

    • images
    ‘रामायण’को बक्स अफिसमा सुनामी,  १२०० करोड भारु कमाइ

    काठमाडौं । बक्स अफिसमा यतिबेला चलचित्र ‘रामायण’को दबदबा छ । प्रदर्शनमा आएसँगै दर्शकमाझ व्यापक चर्चा बटुलिरहेको यस पौराणिक चलचित्रको कमाइमा दोस्रो शनिबार जबरजस्त उछाल आएको हो ।

    चलचित्रले भारतीय घरेलु बक्स अफिसमा मात्र आफ्नो पकड बलियो बनाएको छैन, विश्वभर नै १२०० करोड भारतीय रुपैयाँ (भारु) को आँकडासमेत पार गरिसकेको छ । विशेष कुरा के छ भने दसौँ दिनको कमाइको मामिलामा यस चलचित्रले रणबीर कपूरकै अघिल्लो चलचित्र ‘एनिमल’लाई पनि निकै पछाडि छोडिदिएको छ ।

    बलिउड मिडियाका अनुसार चलचित्रले दोस्रो शनिबारसम्म भारतीय बक्स अफिसमा ७२.९० करोड भारु नेट कलेक्सन गरेको छ । यो शुक्रबारको कमाइको तुलनामा ५१.६ प्रतिशतले बढी हो ।

    शुक्रबार चलचित्रले भारतमा ४८.१० करोड भारु कमाएको थियो । यो सानदार उछालसँगै चलचित्रको कुल घरेलु (भारतीय) नेट कलेक्सन ६८५.६० करोड भारु पुगेको छ भने भारतमा यसको कुल ग्रस कलेक्सन ८१९.५० करोड भारु पुगेको छ ।

    शनिबारको कमाइमा चलचित्रको हिन्दी भर्सनको योगदान सबैभन्दा धेरै रह्यो । हिन्दीमा चलचित्रले १८ हजार ५५७ सोमार्फत ५३.७५ करोड भारु नेट कलेक्सन गरेको छ । त्यसपछि कन्नड भर्सनले ८९३ सोबाट ५.४० करोड भारु कमाएको छ । मलयालम र तमिल भर्सनले समान ४.७५-४.७५ करोड भारुको कारोबार गरेका छन् । मलयालमका १ हजार १२७ र तमिलका १ हजार २९० सो सञ्चालन भएका थिए । त्यस्तै, तेलुगु भर्सनले १ हजार ५८४ सोमार्फत ४.२५ करोड भारु कमाएको छ ।

    पाँचै भाषा मिलाएर शनिबार चलचित्रको कुल अकुपेन्सी ४५.५ प्रतिशत रह्यो । भाषागत आधारमा हेर्दा मलयालम भर्सनको अकुपेन्सी सर्वाधिक ८३ प्रतिशत देखिएको छ । तमिलमा यो आँकडा ६२.५ प्रतिशत र कन्नडमा ५८.८ प्रतिशत रेकर्ड गरिएको छ । यस्तै, हिन्दीको अकुपेन्सी ४१.९ प्रतिशत र तेलुगुको ३९.१ प्रतिशत छ ।

    एजेन्सी

      
     

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १२:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij