Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

प्रहरीले पक्राउ गर्न लागेको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल

प्रहरीले पक्राउ गर्न लागेको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल


  • 806
    Shares

    • images
    प्रहरीले पक्राउ गर्न लागेको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल

    प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल बुधबार बिहानै दिल्ली उडेको खुलेको छ। 

    मलेसिया जाने श्रमिकलाई मेडिकल व्यवसायीसँग मिलेर ठगी गरेको आरोपमा उनलाई पनि पक्राउ गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयारी गरेको थियो। त्यसका लागि बुधबार दिउँसो सीआईबीले अदालतबाट अनुमति लिँदै थियो। तर सीआईबीले पक्राउ गर्न लागेको सूचना उनलाई पुगेको र त्यसलगत्तै दिल्ली उडेको खुलेको छ।

    मन्त्रालयबाट सूचना चुहिँदा उनी भागेको प्रहरीको दाबी छ। प्रहरीले यससँग सम्बन्धित कागजात माग गर्दै श्रम मन्त्रालयमा पत्राचार गरेको थियो। सीआईबीले माग गरेको विवरणमा अर्याल श्रम मन्त्रालयको सचिव हुँदाका विषय पनि थिए। 

    त्यही क्रममा मन्त्रालयबाट सूचना पाएको र उनी भागेको बुझाइ प्रहरीको छ। बुधबार दिउँसो अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिइसकेको छ। 

    दुई पूर्वश्रममन्त्री, एक सचिव, दुई सहसचिव र एक उपसचिव भने पक्राउ परिसकेका छन्। पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर हिरासतमा छन्। श्रम मन्त्रालयको सचिव हुँदा गरेको कसुरका आधारमा अर्याललाई पनि पक्राउ गर्न लागिएको हो। 

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - २०:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij