Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

असोजमै भित्रियो अहिलेसम्मकै उच्च रेमिट्यान्स

असोजमै भित्रियो अहिलेसम्मकै उच्च रेमिट्यान्स


  • 239
    Shares

    • images
    असोजमै भित्रियो अहिलेसम्मकै उच्च रेमिट्यान्स

     काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो ।

    मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३र८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७।२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

    २०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो ।

    चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९.२ प्रतिशत बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो ।

    चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ ।

    अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमशस् १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १७:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij