२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार, काठमाडौं जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।
ईनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् । भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । । ईनमविरुद्ध प्रहरीले राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अरू दुई विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि सबैभन्दा पहिले ईनम पक्राउ परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij