Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

‘पाँच पाण्डव’ सोचेजस्तो नभएपछि निर्देशक निरौला : ‘यो अन्त्य होइन, अझ सशक्त सुरुवात हो’

‘पाँच पाण्डव’ सोचेजस्तो नभएपछि निर्देशक निरौला : ‘यो अन्त्य होइन, अझ सशक्त सुरुवात हो’


  • 204
    Shares

    • images
    ‘पाँच पाण्डव’ सोचेजस्तो नभएपछि निर्देशक निरौला : ‘यो अन्त्य होइन, अझ सशक्त सुरुवात हो’

    काठमाडौं । तिहारको अवसर गत २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ले राम्रो व्यवसाय गर्न सकेन । फिल्म व्यावसायिक असफल भएपछि निर्देशक वसन्त निरौलाले असफलताले आफ्नो यात्रा सशक्त बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो यात्राको अन्त्य नभई अझ सशक्त सुरुवात भएको धारणा राखेका हुन् ।

    ‘पाँच पाण्डव’ केवल एउटा फिल्म मात्र नभई महिनौँको अथाह मेहनत, अनगिन्ती सपना, सङ्घर्ष, त्याग र समर्पणको प्रतिफल रहेको उल्लेख गरेका छन् । एउटा सिर्जना जन्माउन बगेको पसिना, हराएको निद्रा र गाँसिएका सपना त्यसको पछाडि उभिनेले मात्र महसुस गर्न सक्ने उनको धारणा छ ।

    फिल्म नहेरी गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका उनले उनी अगाडि भन्छन् ‘कुनै पनि सिर्जनामाथि आलोचना हुनु स्वाभाविक हो । आलोचनाले नै सुधारको बाटो देखाउँछ । तर सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप तथा टिप्पणीले एउटा सम्पूर्ण टिमको मेहनत मात्र होइन, जो कोहीको मनोबल र सिर्जनशीलतामाथि पनि चोट पुर्‍याउँछ ।’ असहमति राख्ने अधिकार सबैलाई भए पनि कसैको वर्षौँको सपना र महिनौँको मिहिनेतलाई क्षणभरको पूर्वाग्रहले तौलिनु न्यायसंगत नहुने उनले तर्क छ ।

    प्रदर्शनअघि नै ‘पाँच पाण्डव’ विवादमा तानिएको थियो । फिल्मको एक गीतलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । फिल्मको गीतलाई हिन्दु धर्मावलम्बी र केही अभियन्ताले कडा आपत्ति जनाए ।

    हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा थियो ।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १३:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij