२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चार प्रतिवेदन पेस भएका छन्।
सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेस गरेका हुन् ।
सभापति थापाले राजनीतिक प्रतिवेदन उपसभापति शर्माले समसामयिक प्रतिवेदन महामन्त्री गुरुराज घिमिरेले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। यी प्रतिवेदन माथि बन्द सत्रमा छलफल भइरहेको छ।
कांग्रेसले बन्द सत्र तीन वटा हल बनाएर सञ्चालन गरिरहेको छ। तराई पहाड र हिमाल गरी ३ हलमा बन्द सत्रमा यी प्रतिवेदन माथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij