Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

२१ बुँदे संकल्पसहित एमालेको राष्ट्रिय भेला सम्पन्न

२१ बुँदे संकल्पसहित एमालेको राष्ट्रिय भेला सम्पन्न


  • 225
    Shares

    • images
    २१ बुँदे संकल्पसहित एमालेको राष्ट्रिय भेला सम्पन्न

    काठमाडौं । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ ।

    बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए ।

    भेलाले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्ने संकल्प गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोट गरेको छ ।

    करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक विषयमा २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित संकल्प प्रस्ताव प्रचार विभागले एकीकृत गरिसकेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

    भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका छन् ।

    भेला सकिएसँगै प्रतिनिधि तथा नेताहरू खाना खान थालेका छन् । खाना खाइसकेपछि केन्द्रीय कमिटी बैठक सुरु हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १६:०६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij