२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी मंसिर ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी ‘पार्टी पुनर्गठन दिवस’ मनाउने भएको छ ।
पार्टीको केन्द्रीय समितिका तर्फबाट महासचिव नेत्र विक्रम चन्द विप्लवले देशभरका इन्चार्ज तथा सेक्रेटरीहरूलाई परिपत्र जारी गर्दै तीनदिने कार्यक्रमसहित दिवस मनाउन निर्देशन दिएका हुन् ।
परिपत्रअनुसार मंसिर ६ गतेदेखि ८ गतेसम्म देशव्यापी रूपमा विभिन्न रचनात्मक तथा प्रचारात्मक कार्यक्रमहरू तय गरिएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij