Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

एकैदिन खनाल र पाण्डेको पहलमा छुट्टाछुट्टै अभियान घोषणा

एकैदिन खनाल र पाण्डेको पहलमा छुट्टाछुट्टै अभियान घोषणा


  • 400
    Shares

    एकैदिन खनाल र पाण्डेको पहलमा छुट्टाछुट्टै अभियान घोषणा
    images

    काठमाडौं । सोमबार राजधानीमा दुई छुट्टाछुट्टै अभियान घोषणा भएको छ । 

    नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत खनालले अभियान घोषणा गरेका हुन् ।

    अभियानको हालै बसेको बैठकले १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ । प्रस्तावमा बृहत् वाम एकतालाई आजको आवश्यकता भन्दै सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ । 

    अभियानमा खनालसहित पूर्वमाओवादी केन्द्रनिकट हरिबोल गजुरेल, पानीराज बम्जन, हेमन्तप्रकाश ओली, महेश्वर दाहाललगायत सहभागी छन् । 

    साथै, पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरूको पहलमा ‘नागरिक अभियान’ घोषणा गरिएको छ । पाण्डेसहित पूर्वमन्त्री हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय, सर्वेन्द्रनाथ शुक्ललगायतको सहभागितामा ललितपुरमा कार्यक्रम गरी अभियान घोषणा गरिएको हो ।

    पाण्डेले अभियान गैरराजनीतिक प्रकृतिको भए पनि राजनीतिक एजेन्डामा छलफल गर्ने बताए । कार्यक्रममा पत्रकार, वकिल तथा राजनीतिक क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १६:४७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij