Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

विनोद चौधरीद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

विनोद चौधरीद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा


  • 204
    Shares

    विनोद चौधरीद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
    images

    काठमाडौं । उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै चौधरीले महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् ।

    चौधरीले अहिले देशले युवा नेतृत्व खोजिरहेको भन्दै कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएका छन् । आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई अगाडि बढाएर मुलुकको आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाइ छ । 

    उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पूरा भए पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गरेका छन् । त्यसैले अब आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको जोड छ ।  

     

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १५:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij