२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । फिल्म ‘गौँथली’ को व्यापार २६ करोड नाघेको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार प्रदर्शनको ८० औँ दिनसम्म यस फिल्मले २६ करोड १ लाख ९६ हजार ग्रस कलेक्सन गरेको हो।
जुन अवधीभर फिल्मका ९ लाख ४४ हजार २६३ टिकट बनिसकेका छन्। यसअघिनै यो फिल्म नेपाली फिल्मको इतिहासमा धेरै कमाउने दोस्रो फिल्म बनिसकेको छ। साथै यसवर्षको पनि सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म हो।
केहीअघि ५१ दिन मनाएको यो फिल्म अब १०१ औँ दिन मनाउने बाटोमा छ। डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतको अभिनय छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij