Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

गगनको राजनीतिक प्रस्ताव : कांग्रेस रूपान्तरणदेखि आर्थिक नीतिसम्म (पूर्णपाठसहित)

गगनको राजनीतिक प्रस्ताव : कांग्रेस रूपान्तरणदेखि आर्थिक नीतिसम्म (पूर्णपाठसहित)


  • 239
    Shares

    गगनको राजनीतिक प्रस्ताव : कांग्रेस रूपान्तरणदेखि आर्थिक नीतिसम्म (पूर्णपाठसहित)
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्तावमा पार्टीका विगतका कमजोरीको समीक्षा गर्दै संगठन र राजनीतिक कार्यशैलीमा रूपान्तरणको खाका अघि सारिएको छ।

    थापाले ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ निर्माणलाई कांग्रेसको प्रमुख राजनीतिक लक्ष्यका रूपमा अघि सारेका छन्। बीपी कोइरालाका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई वर्तमान समयअनुकूल व्याख्या गर्दै पार्टीलाई नयाँ राजनीतिक दिशामा अघि बढाउने प्रस्तावमा उल्लेख छ।

    प्रस्तावमा निर्वाचनअघि गरिने गठबन्धनको अभ्यास अन्त्य गरी कांग्रेसले आफ्नै विचार र उम्मेदवारका आधारमा जनविश्वास हासिल गर्नुपर्नेमा जोड दिइएको छ। संसद्मा प्रतिपक्ष हुँदा सरकारको विरोधमा मात्र सीमित नभई प्रभावकारी खबरदारी र वैकल्पिक नीति प्रस्तुत गर्ने नीति पनि अघि सारिएको छ।

    आर्थिक क्षेत्रमा निजी क्षेत्रमैत्री, उत्पादनमुखी र सामाजिक न्यायमा आधारित तीनखम्बे अर्थतन्त्रको अवधारणा प्रस्ताव गरिएको छ। शिक्षा, स्वास्थ्य, सीप तथा उद्यमशीलताको विस्तारमार्फत नागरिकलाई अवसर र आत्मनिर्भरतातर्फ जोड्ने नीति अघि सारिएको छ।

    थापाले भ्रष्टाचारमा शून्य सहनशीलता, कार्यकारी पदमा दुई कार्यकालको सीमा तथा संस्थागत सुशासनका लागि ‘गभर्नेन्स इन्स्टिच्युट’ र ‘निर्वाचन ब्युरो’ गठनको प्रस्ताव गरेका छन्। संगठनमा युवाको सहभागिता बढाउन ‘युथ काउन्सिल’ र अग्रजको अनुभव उपयोग गर्न ‘विज्डम काउन्सिल’ बनाउने योजना पनि प्रस्तावमा छ।

    त्यस्तै, पार्टी सदस्यता पूर्ण रूपमा डिजिटल बनाउने, उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने र आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी बनाउने प्रस्ताव गरिएको छ। आगामी चार वर्षमा कांग्रेसलाई भाषणभन्दा परिणाम र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित गर्ने थापाको प्रतिबद्धता छ।

     

     

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १३:५८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij