Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेसको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन

कांग्रेसको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन


  • 316
    Shares

    कांग्रेसको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

    गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो ।

    तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरु भएको हो । पहाड, हिमाल र तराई-मधेश गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु भएको हो ।

    सुरुवातमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेश हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो।

     

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १३:२३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij