Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

खुलामञ्चमा सुरु हुन थाल्यो चहलपहल

खुलामञ्चमा सुरु हुन थाल्यो चहलपहल


  • 106
    Shares

    खुलामञ्चमा सुरु हुन थाल्यो चहलपहल
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता-कार्यकर्ता तथा समर्थक खुलामञ्चतर्फ जाने क्रम तीव्र बनेको छ।

    दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने उद्घाटन समारोहका लागि काठमाडौंका विभिन्न स्थानमा रहेका कांग्रेसका प्रतिनिधि तथा शुभेच्छुक खुलामञ्चतर्फ लागिरहेका छन्।

    महाधिवेशनका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रमा प्रतिनिधिहरूको बसोबासमा रहेका छन्। ती क्षेत्रबाट प्रतिनिधि तथा नेता-कार्यकर्ता खुलामञ्चतर्फ जाँदैछन्।

    महाधिवेशनस्थलमा पुग्ने निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटेल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
    म्याद थपिएका राजदूतहरूमा बंगलादेशका घनश्याम भण्डारी, ब्राजिलका निर्मलराज काफ्ले, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्साल रहेका छन् । उनीहरूको म्याद सकिएपछि सरकारले फिर्ता बोलाइसकेको थियो । त्यस ठाउँमा असार दोस्रो हप्ता मन्त्री खनालले कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलिप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेका थिए ।

    तर पछि राजदूत फिर्ता नबोलाई उनीहरूकै म्याद थप गरिएको थियो । दसैँपछि नयाँ राजदूतको नाम सिफारिस भएपछि उनी पाँचै जना राजदूत फर्केर आउने छन् ।

    विज्ञबाट सिफारिस गरिएका नाम संसदीय समितिमा गएको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा (अवकाशप्राप्त), जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा, इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण र स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचनको नाम सिफारिस गरेको छ ।

    त्यस्तै, जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी, ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा, मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला झा र साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारका नाम सिफारिस भएका छन् ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १२:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij